सिन्धुली, ६ चैत्र – सिन्धुली अस्पतालमा एकजनालाई आ’इसोलेसन वार्डमा राखेर उ’पचार शुरु गरिएको छ । बुधवार ज्व’रो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृ’द्धलाई को’रोनाको आ’शङकामा अस्पतालको आ’सोलेसन वार्डमा छुट्टै उ’पचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिनुभयो ।
यसैबीच सिन्धुली अस्पतालले फिवर क्लि’निक चलाउने तयारी गरेको छ । अस्पताल विकास समितिले सो का लागि भवन अभाव भएपछि अस्पताल प्राङ्गणमा टेण्टको व्यवस्था गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलका अनुसार स्वास्थ्यकर्मीले लगाउने पिपिइ नभएकाले सेवा सुचारु गर्न कठिन भएको छ ।
यसैबीच सिन्धुली अस्पतालमा आउने सबैले अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने भएको छ । विश्वभर फैलिँदै गएको को’रोना भा’इरसको स’ङ्क्रमण हुन नदिन सावधानीस्वरुप अ’निवार्य हात धुनुपर्ने भएको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार अस्पतालमा जानु पूर्व सबैले अनिवार्य रुपमा हात धुनुपर्ने नियम बनाइएको अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिनुभयो ।
यस्तै इमरजेन्सी कक्षमा जाने बिरामीका लागि स्यानीटाइजर लगाउनुपर्नेछ । आपत्कालीन सेवा भएकाले त्यहाँ साबुन पानीले हातधुन असम्भव रहेकाले स्यानिटाइजरको व्यवस्था गरिएको हो । स’चेत र सा’वधानी अपनाएमा को’रोनाको स’ङ्क्रमणबाट बच्न सकिने भएकाले अस्पताले यस्तो नियम बनाएको हो ।