काठमाडौँ,१९ फागुन–प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्र’त्यारोपणका लागि सोमबार १२ बजे त्रिवि टिचिङ अस्पताल जाने खबर आएपछि हतारहतार डाक्टरहरु उहाँको स्वागतमा जम्मा भए। तर, १२ बजे ओली आइपुग्नु भएन ।
बल्ल १ बजे म्यासेज आयो– ओली दुई बजे टिचिङ अस्पताल पुग्नु हुनेछ । फेरि डाक्टरहरु दुई बजे उहाँको स्वागत गर्न तम्तयार भए । तर, उहाँ दुई बजे पनि टिचिङ अस्पताल पुग्नु भएन । अहिले उहाँ चार बजे टिचिङ अस्पताल पुग्ने भनिएको छ ।
“अहिले पनि उहाँ ४ बजे नै आईपुग्नु होला भन्ने कुनै ठेगान छैन,” एक चिकित्सकले भन्नु भयो, “हामीलाई ठ्याक्क समय दिए आत्तिँदै अस्पताल आउनु पर्दैन थियो नि हामीले पनि ।”
ओली अस्पताल पुगेपछि उहाँको मिर्गौला प्रत्यारोपणमा सहभागी हुने डाक्टर र नर्सहरुसहित अन्य अधिकारीहरुसमेतको उपस्थितिमा उपचारसम्बन्धी उच्चस्तरीय बैठक बस्ने तयारी भइरहेको छ ।
’
ओलीको प्रतीक्षामा टिचिङ परिसरमा अहिले स्वास्थ्यकर्मी र पत्रकारहरुको भिड छ ।’