सिन्धुली, –गत सोमवार विपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालिका –७ पलांसेमा पैदल यात्रीलाई मिनी ट्रकले ठक्कर दिदाँ एक जनाको घ’टनास्थलमै मृ’त्यु भयो । स.१ ख ५४२ नम्बरको मिनि ट्रकको ठक्करबाट गोलान्जोर गाउपालिका –७ पलांसेका ५५ बर्षिया नन्दलाल श्रेष्ठको घ’टनास्थलमै मृ’त्यु भएको थियो ।
श्रेष्ठलाई ठक्कर दिएर फरार ट्रकलाई प्रहरीले सोमवार नै उदयपुरको त्रियुगा नगरपालिकाबाट नि’यन्त्रण लिएको थियो । यस्ता साना ठुला दु’घटना विपी राजमार्गमा दैनिक जसो भईरहेका हुन्छन् । विपी राजमार्गमा हुने यस्ता दु’घटनाले गर्दा सिन्धुली जिल्लामा सवारी दु’र्घटनाको दर बढ्दो छ ।
दु’घटनाबाट ज्या’न गु’माउने, घा’ईते तथा अं गभं ग हुनेको संख्या पनि धेरै छ । सिन्धुली जिल्लामा चालु आर्थिक बर्षको सात महिनाको अवधिमा भएका २६ दु’घटनामा १८ जनाको मृ’त्यु भएको छ । ३८ जना गम्भिर घा’ईते भएका छन् भने ३२ जना सामान्य घा’ईते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार १६ जना पुरुष र दुई जना महिलाको सवारी दु’घटनामा मृ’त्यु भएको छ । दु’घटनामा २८ जना पुरुष, ६ जना महिला, ३ बालिका र १ बालक गरी ३८ जना गम्भिर घा’ईते, १९ जना पुरुष, ६ जना महिला, ४ जना बालक र २ बालिका गरि ३२ जना सामान्य घा’ईते भएका कार्यालयका प्रमुख कृष्णबहादुर क्षेत्रीले जानकारी दिनु भयो ।
दु
’घटनामा मृ’त्यु हुने, गम्भिर घा’ईते र सामान्य घा’ईतेको संख्या सवै भन्दा बढी पुरुषको रहेको छ । ट्राफिक प्रहरी कार्यालयले राखेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको अवधिमा सिन्धुलीमा सवै भन्दा कम दु’घटना साउन र पुषमा १/१, भदौ र कात्र्तिकमा ३/३, मंसिरमा ४, माघमा ५ र सवै भन्दा बढी असोजमा ९ वटा सवारी दु’घटना भएका छन् ।
सवारी चालकले सडक तथा ट्राफिक नियमको सहि पालना नगर्दा पनि दु’घटना हुने गरेको उहाँले बताउनु भयो । सवारी चालक अनुमति पत्र नभएकाले सवारी चलाउने, सवारीको यान्त्रिक अवस्था चेकजाँच नगरि सवारी चलाउने तथा सडक नियमको पालना नगर्ने र ट्रफिक नियम सवारी चालकले ट्राफिक प्रहरीका लागि मात्रै पालना गरिदिदा दु’घटना न्युनीकरण गर्न चुनौती रहेको उहाँको भनाई छ ।