शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कमला पुस्तकालयबाट बालबालिकाहरुलाइ स्टेशनरी वितरण

बिहिवार , माघ १६, २०७६

सिन्धुली,१६ माघ— वसंत पञ्चमीको अवसरमा हुने सरस्वती पुजाको उपलक्षमा कमलामाइ नगरपालिका ४ मा रहेको कमला सामुदायिक पुस्तकालय ढुंग्रेवासले सोही ठाउ“मा रहेको शैलीसिखर अनाथालयका बालबालिकाहरुलाइ स्टेशनरीका सामान प्रदान गरेको छ ।

पुस्तकालयका सचिव नारायणदेव श्रेष्ठका अनुसार अनाथालमा रहेका बालबालिकाहरुलाई चाहिने कापी र कलमा सरस्वती पुजाको अवसरमा पुस्तकालयले प्रदान गरेको हो । प्रति बालबालिका एक दर्जन कापी र सोही अनुपातमा कलम बितरण गरिएको हो ।

पुस्तकालयको छेवैमा रहेको अनाथालयलाइ यस अघि खाद्यान्ह सहयोग गरिएको उहाले जानकारी दिनु भयो । अनाथालयमा १० जना बालबालिकाहरु रहेका छन् । अनाथालय संचालक विष्णु देवकोटाका अनुसार ति बालबालिकाहरुलाइ सिन्धुलीमाढीमा रहेको भगवती आवासिय अंग्रेजी विद्यालयले निःशुल्क अध्यापन गराइरहेको छ । सबैको सहयोगले शैलिसिखरमा रहेका बालबालिकाहरुले आफ्नो अध्ययनलाइ अगाडि बढाउन पाइरहेको भन्दै संचालक देवकोटाले स्थानीय तथा मनकारीहरु अभिभावककारुपमा बालबालिकाले पाएको बताउनु भयो ।

सरस्वतीको पुजा अर्चनासगै विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्न मनकारीहरुलाइ पुस्तकालयका अध्यक्ष राजकुमार कार्कीले आग्रह गर्नु भयोे । उहहँले भन्नुभयो, “ यो त एउटा संस्थाले सामान्य सहयोग गर्ने कुरा भयो, तर सयौं बालबालिकाहरु यतिखेर अभिभावन विहीन जस्तै बनेका छन्, उनीहरुलाइ सहयोग गर्न सकेमात्र हामीले गर्ने पुजाको अर्थ रहने छ ।”

प्रतिक्रिया