शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

मरिण महोत्सब सुरु

बुधवार , माघ ८, २०७६

मरिण(सिन्धुली), – भ्रमण बर्ष २०२० लाई प्रबद्र्धन् गर्ने उद्देश्यले सिन्धुलीको मरिण गाँउपालिका–४ साहानमा मंगलबारदेखि ‘मरिण महोत्सव २०७६’ सुरु भएको छ ।

आन्तरिक तथा बाहिय पर्यटक भित्र्याउने उद्देश्यले ११ दिनसम्म सञ्चालन हुने उक्त महोत्सवको एक समारोह बीच उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्घाटन गर्नुभयो । सो अबसरमा उहाँले आर्थिक समृद्धि र सुखी नेपाल सरकारको नारा भएको चर्चा गर्दै जबसम्म समृद्ध नेपाल हुदैन, तबसम्म सुखी नेपाली नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषिलाई उद्योगको रुपमा कसरी विकास गर्न सकिन्छ भनेर सरकार गम्भिर भएर लागेको छ । व्यापार घटाउन कृषिलाई विशेष रुपपमा लिएका छौं ।”

“उत्पादित बस्तुलाई बिचौलियाबाट सुरक्षित गरी बजारसम्म सोझै कसरी लैजाने र त्यसलाई सुरक्षित रुपमा कसरी पु¥याउने भनेर अध्ययन गरि रहेका छौ,” उहाँले भन्नुभयो, “महगी नियन्त्रण गर्न सरकारले थुप्रै अनुगमन सुक्ष्म रुपमा गरि रहेको छ ।”

चालु आर्थिक बर्ष ०७६/०७७ मा सरकारले ७० वटा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य लिएको र ३२ वटा गाँउपालिकाले सम्झौता गरेका उहाँको भनाई थियो । उहाँले मरिण क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा सरकारले छिट्टै घोषणा गर्ने बताउनुभयो ।

सरकारले तातोपानी, केरुङ, हिल्सा लगायतका छ वटा नाकालाई व्यवस्थित गर्दै गएको बताउदै उहाँले अहिले राजीतिक परिवर्तन मात्र नभएर सत्ता परिवर्तन पनि भएको बताउनुभयो ।

उक्त कार्यक्रममा संघिय सांसद हरिबोल गजुरेलले मरिणको भालुमारा क्षेत्रमा औद्योगिक क्षेत्रको रुपमा स्थापना गर्न पहल भई रहेको बताउनुभयो । उहाँले सुनकोसी मरिण डाईभर्सन, दुम्जा–लालबन्दि सडक, कोखाजोर खोला जलविद्युत निर्माण र भालुमारा औद्योगिक क्षेत्र स्थापना भएपछि मरिण क्षेत्रले फड्को मार्ने बताउनुभयो ।

मरिण गाँउपालिका र उद्योग बाणिज्य संघ मरिण शाखाको संयुक्त आयोजनामा भएको उक्त महोत्सवमा मरिण गाँउपालिकाका प्रमुख पानीराज बम्जन, नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्ज्वल बराल र नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्की लगायतका बक्ताले महोत्सवको महत्व माथि प्रकास पार्नु भएको थियो ।

स्थानीय कृषि उत्पादन, ऐतिहासिक तथा सांस्कृतिक, धार्मिक स्थालको प्रचार प्रसार तथा प्रबद्र्धन गर्ने उद्देश्यले सुरु भएको उक्त महोत्सव माघ १८ गते सकिने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न किसिमका १२५ वटा स्टल राखिएको छ ।

प्रतिक्रिया