महोत्तरी ७ माघ – स्थानीय सरकार संचालन ऐन २०७४ र नगर सभाको कार्यसंचालन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक अनुसार नगर प्रमुखले सभाको मिति र स्थान तोकी सो को जानकारी प्रमुख प्रशासकिय अधिकृत मार्फत सबै नगर सभा सदस्यहरुलाई बैठक हुनुभन्दा कम्तिमा ७ दिन अगाडी जानकारी गराउनु पर्ने हुन्छ ।
नगर सभा गर्दा नगर सभा सदस्यहरु बाहेक विभिन्न सरोकारवालाहरुलाई जानकारी गराई सार्बजनिक रुपमा गर्नु पर्ने हुन्छ । नगर सभा गर्नु भन्दा पुर्ब बिभिन्न समिति र उपसमितिको बैठक बसी विभिन्न प्रस्ताबहरु कार्यपालिकामा लगी अनुमोदन गराई नगर सभामा लानु पर्ने हुन्छ । नगर सभा गर्दा प्रमुखको अनुपस्तिथिमा उपप्रमुखको नेतृत्वमा नगर सभा गराउनु पर्ने व्यवस्था रहेको छ ।
तर महोत्तरीको रामगोपालपुर नगरपालिकामा नगरसभा प्रमुख र कार्यकारी अधिकृत मिलेर कागजमा मात्र सिमित पार्नु भएको छ । श्रोतका अनुसार २०७६ साल पौष २९ गतेलाई बिहान ११ बजेलाई नगरसभा बोलईएको थियो तर सो नगरसभा हुने मिति र समयमा सभा नै नगरी नगर प्रमुख अशोक मण्डलले नगरसभाको उपस्तिथी गर्ने कागजमा सहि गरि कार्यकारी अधिकृत मार्फत प्रशासन शाखामा जिम्मा लगाई बाँकि नगरसभाका सदस्यहरु संग सहि गराउने भनेर निर्देशन दिनु भयो ।
नगरसभा सदस्यहरु संग सोधपुछ गर्दा उहाहरुले नगरपालिकाको तेस्रो नगरसभा नि यस्तै प्रकारले गरेको भनेर जानकारी गराउनु भयो त्यति मात्र हैन त्यतिबेला नगरपालिकाको वडा ना. ५ र ७ का वडा अद्यक्ष जितेंदर चौधरी र संभु साह मार्फत विभिन्न प्रलोभन लिएर प्रमुखको दुतको रुपमा आई आफुलाई सहि गर्दिन आग्रह समेत गर्नु भएको थियो ।
नगर प्रमुखहरुले बिधिको शासन अपनाउने, भ्रष्ट्राचार मुक्त समाज स्थापना गर्ने, सबै कुराहरु पारदर्शी गर्ने, सबैको हक र अधिकार शुनिश्चित गर्ने भनेर निर्वाचित भएपछि वाचा गर्नु भएको थियो तर देश संघियतामा गए पछि सबभन्दा बढी भ्रष्टाचार हुने भनेको स्थानीय तह नै हो भनेर पुष्टी भईसकेको छ ।
रामगोपालपुर नगरपालिकामा प्रमुखले उपप्रमुखलाई पाखा लगाई मनपरी रुपले नगरपालिका चलाएको भनेर स्थानीय बासिन्दाहरुको आरोप छ । स्थानीयबासिन्दाहरुको अनुसार शुशान र विधिको शासन लागु गर्न उपमेयर सीता देवी साहले बेला बेला मेयर मण्डललाई भन्दा उल्टै मेयर मण्डलले बल प्रयोग गरि नगरपालिकाबाट उपलब्ध हुन्ने सबै सेवा र सुबिधाको कटौती गर्नु भई नगरपालिका एकलौटी रुपले चलाउनु भएको छ ।