मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

मोटरसाइकल दुर्घटनामा परेका चालकको साथमा भेटियो पेस्तोल

सोमवार , आश्विन १९, २०८३

सर्लाही ,१९ असोज — सर्लाहीको कबिलासी नगरपालिका–०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट सिक्सर पेस्तोल बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनाको अनुसन्धान गर्ने क्रममा चालकको साथमा पेस्तोल फेला परेको हो ।

सोमवार जनकपुरबाट मदनपुरस्थित आफ्नो घरतर्फ आउँदै गरेको द्यच्घण्थ् द्दडछघ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीको कबिलासी नगरपालिका–०३ मदनपुर निवासी ३३ वर्षीय तुलसी ठाकुर सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको छ । दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले आवश्यक जाँच तथा अनुसन्धान गर्ने क्रममा ठाकुरको साथबाट सिक्सर पेस्तोल १ थान फेला पारेको हो ।

पेस्तोल फेला परेपछि प्रहरीले उक्त हतियार बरामद गरी ठाकुरलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बरामद गरिएको पेस्तोलको स्रोत, त्यसको वैधानिकता तथा ठाकुरले उक्त हतियार साथमा राख्नुको कारणलगायत विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने बताइएको छ ।

प्रतिक्रिया