मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

श्रीमतीको हत्या आरोपमा श्रीमान्  पक्राउ

बिहिवार , आश्विन २२, २०८३

काठमाडौं,२२ असोज – बाराको निजगढमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका–१२, रामथलीका ५५ वर्षीय विजय मोक्तान रहेका छन् ।

नेपाल प्रहरीका अनुसार विजयले आफ्नी ४७ वर्षीया श्रीमती सुकमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेका थिए। कुटपिटबाट सामान्य घाइते भएकी सुकमायाको उपचारका लागि स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाइएको थियो ।
चिकित्सकले घरमै स्वास्थ्य परीक्षण गरी औषधोपचार गरे पनि उपचारकै क्रममा सुकमायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले विजयलाई नियन्त्रणमा लिएको छ। मृतक सुकमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, बारा पठाइएको छ ।

श्रीमतीको मृत्युमा संलग्न रहेको आरोपमा पक्राउ परेका विजयमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया