शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीगढी यातायात प्रा.लि.को साधारण सभा

आइतवार , पौष २७, २०७६

सिन्धुली २७ पुस – सिन्धुलीगढी यातायात प्रा.लि. को प्रथम साधारण सभा सम्पन्न भएको छ । सिन्धुलीमाडीमा शनिवार सिन्धुली यातायात प्रा.लि ले एक कार्यक्रम गरि आफनो प्रथम साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रमको उदघाटन सस्थापक अध्यक्ष तथा कमलामाई नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पुर्ण बहादुर खडका ले कार्यक्रमको उदघाटन गर्नु भयो ।

साधारण सभामा सिन्धुलीगढी यातायात प्रा.लि का सस्थापक महासचिव गोपाल कुमार पौडेलले प्रा.लि समयसापेक्ष चल्नुपर्ने, जनताको जनभावना अनुसार सेवा दिनुपर्ने,गल्ति वा कमिकमजोरिलाइ सुधार गर्दै अघाडि बढने मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै सिन्धुलीगढी यातायात प्रा.लि अध्यक्ष कमलकुमार खत्रीले पनि आफनो विचार राख्दै आर्थिक प्रतिवेदन र भावि कार्यहरुको योजनाको विषयमा धारणा राख्नु भयो । कार्यक्रममा उत्कृष्ट चालकहरुलाई सम्मान ,आय तथा व्ययको हिसाब किताब तथा विशेष छलफल गरिएको थियो । उत्कृष्ट चालकमा हरिवहादुर वल र उत्कृष्ट काउण्टर कर्मचारी नवराज कार्की सम्मानित हुनुभएको थिए ।

प्रतिक्रिया