शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ट्याक्टर दुर्घटना हुँदा ५ जना घाइते

मंगलवार , पौष २२, २०७६

सिन्धुली, २२ पौष – सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सिन्धुली कमलामाई नगरपालिका वडा नं. १२ भ्याकुरे स्थित ग्रामिण सडक खण्डमा शाखामाडीबाट सरस्वतीतर्फ जादै गरेको ना ६ त ३४३५ नम्बरको नम्बरको ट्याक्टरमा मानिसहरु बसि जाने क्रममा सोमवार राति.१९ः३० बजेको समयमा ट्रयाक्टरको टेलर खुस्की दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनाका घाइते हरु मध्ये ३ जनाको सिन्धुली अस्पतालमा उपचार भई रहेको छ भने २ जना लाई सिन्धुली अस्पतालमा उपचार गरि थप उपचारको लागी धुलिखेल अस्पताल पठाईएको छ ।

घाईते हरुमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका १२ सरस्वाती बस्ने वर्ष ४४ कि बिष्णुमाँया मगर अनुहार ,कम्मर र घुडामा चोट सामान्य , कमलामाई नगरपालिका वडा नं. १२ कि वर्ष २८ सिता थापामगर टाउको र घाँटिमा चोट अवस्था सामान्य , निजको छोरा वर्ष ४ को सितल आले अनुहार र दाँय खुट्टामा चोट सामान्य थप उपचारको लागि धुलिखेल पठाएको सोहि ठाउ बस्ने बस्ने वर्ष ६९ को लाल व. आले टाउको र ढाँडमा चोट सामान्य थप उपचारको लागि धुलिखेल पठाएको , सोहि ठाउ बस्न ७१ कि ईन्द्र कुमारी आले टाउको र ढाँडमा चोट सामान्य भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया