सिन्धुली, २१ पौष––खेलकुदको विकासका लागि प्रतिवद्ध रहेको कमलामाइ नगरपालिकाका मेयर खड्ग खत्रीले बताउनु भएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल –(प्याव्सन) सिन्धुलीको सोमबारबाट शुरु भएको सप्ताहव्यापी खेलकुद कार्यक्रमको उद्घाटन गर्दै मेयर खत्रीले खेलकुदको विकासले नै नगरपालिकाको चिनारी दिने भएकाले सक्दो सहयोग गर्ने बचनबद्धता समेत प्रकट गर्नुभयो ।
कमलामाइ नगरपालिका खेलकुदको विकास र विस्तार गरि खेलाडी उत्पादन गर्न चाहन्छ खत्रीको भनाइ थियो । खेलाडी उत्पादनका लागि अन्तरनगरपालिका तथा मेयरकप भलिवल प्रतियोगिता भैरहेको उहाले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा प्याव्सन जिल्लाध्यक्ष राजेश मास्केले खेलकुद गितिविधिले खेलाडी उत्पादन गर्नुका साथै प्रतिस्पर्धाले स्वस्थ बाताबरण सिर्जना गर्ने दावी गर्नुभयो । भलिबल उद्घाटन कार्यक्रममा केही रोचक स्थिति समेत उत्पन्न भएको थियो । मेयर खड्गबहादुर खत्रीले सर्भिस गर्ने र त्यो बललाइ मैदानमा उत्रिएका वडाध्यक्षहरुले फर्काउनु पर्ने थियो । मेयर खत्रीले सर्विस गरेर भलिवल नेट पार गराउनु भयो तर वडाध्यक्षहरु कर्ण घिसिङ, उज्वल थापा र पूर्णबहादुर खड्काले त्यसलाइ फर्काउन सक्नु भएन । उहाँहरु जिल्लिनि भयो । घिसिङ नगरपालिकाका प्रवक्ता पनि हुनु हुन्छ तर मेयरका अगाडि उहाँको समेत जोर चलेन् ।
सातौं प्याव्सन खेलकुद प्रतियोगितामा जिल्ला भरिका २२ विद्यालयका ३५० खेलाडी विद्यार्थीहरुको सहभागिता सहभागिता रहको छ । प्याव्सन खेलकुद प्रतियोगिता अन्तर्गत जुनयरतर्फ सिक रेस, हिसाव दौड एकसय मिटर र रिलेमा ४ सय मिटरसम्मको हुनेछ । त्यस्तै छात्रातर्फ निडल दौड, हिसाब दौड, स्पोन दौड रहेको छ । सिनियरतर्फ छात्र,छात्राको सटफुट, हाइजम्प, लङ्गजम्प, रिले दौड, तथा छात्र, छात्राको भलिवल खेल हुनेछ ।