शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेकपा सिन्धुलीको जिम्बेवारी बाँडफाड (सूचि सहित)

आइतवार , मंसिर २९, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुली जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले जिम्बेवारी बाँडफाड गरेको छ ।

शनिवार सिन्धुलीमाढीमा सम्पन्न बैठकले बिभाग गठन, निर्वाचन क्षेत्रका क्षेत्रिय तथा प्रदेश कामिटीको संयोजक ताथ सचिव साथै नगरपालिका तथा गाउपालिकाहरुको इन्चार्ज सह– इन्चार्ज समेत तोकेको हो । २५ बिभाग गठन गरिएकोमा पूर्व एमालेको भागमा १६ र पूर्वमाओवादीको भागमा ९ बिभाग परेको छ ।

बैठकले संगठन प्रमुखमा बिभागमा सूर्य पाख्रीन,प्रचार बिभाग प्रमुख प्रलादकुमार पोखरेल, स्थानीयतह बिभाग प्रमुखमा घनश्याम राउत, भौतिक निमार्ण तथा बिकास बिभागमा दिनेश अधिकारी ( दनुवार ) , उद्योग बाणिज्य बिभाग प्रमुखमा राकृष्ण श्रेष्ठ, कानुन तथा न्याय बिभागमा नारायण बराल, स्कुल बिभाग प्रमुखमा ज्वाल प्रसाद न्यौपाने ( पुकार), बिद्यार्थी बिभाग प्रमुखमा टिकाजंग थापा, र युवा बिभाग प्रमुखमा घनश्यम देबकोटा लाई चयन गरेको छ । नेकपाले आज नै निर्वाचन क्षेत्र अनुसार क्षेत्रिय संयोजक र सचिवको पनि टुङ्ग्याएको छ , जसमा क्षेत्र न १ को संयोजकमा कुमार बहादुर कार्की ( रामकुमार ) सचिबमा ज्वाला प्रसाद न्यौपाने ( पुकार ) क्षेत्र न २ संयोजकमा पानीराज बम्जन सचिवमा बिनोद कुमार खड्का लाई चयन गरेको छ , भने प्रदेश निर्वाचन क्षेत्रको पनि जिम्बेवारी तोकेको छ निर्वाचन क्षेत्र न १ को ( क ) को संयोजकमा दिल बहादुर बिक,सचिबमा रमेश देबकोटा ( ख ) मा संययोजक नारायण बराल सचिबमा जानुका तिम्सिना लाई चयन गरेको छ भने यता निर्वाचन क्षेत्र न २को ( क ) को संयोजकमा रमेश कार्की,सचिवमा सबिता कोइराला ( ख ) को संयोवकमा हरिशचन्द्र देबकोटा सचिवमा श्रीलाल माझीलाई चयन गरेको छ ।

त्य

सैगरी कमलामाई नगरपालिकाको इन्चार्जमा महेन्द्रदेब श्रेष्ठ सह–इन्चार्जमा यमकुमार देबकोटा, दुधौली नगरपालिकाको इन्चार्जमा मातृका भट्टराई सह– इन्चार्जमा नारायण अधिकारी, तीनपाटन गाउपालिकाको इन्चार्ज धनबबहादुर पुलामी सह– इन्चार्जमा तुक्तबहादुर पुलामी, फिक्कल गाउँपालिकाको इन्चार्जमा खड्ग रजन ( धिरज ) सह–इन्चार्जमा पार्वती सुनुवार, गोलन्जोर गाउपालिकाको इन्चार्जमा शंकर बराल सह – इन्चार्ज सोमप्रसाद बराल,सुनकोसी गाउपालिकाको इन्चार्जमा राकृष्ण श्रेष्ठ सह– इन्चार्ज दिपा बोहोरा, हरिहरपुरगढी गाउपालिकाको इन्चार्ज ज्ञानबहादुर राई सह– इन्चार्ज सुन्तली राई, मरिण गाउपालिकाको इन्चार्जमा रामकुमार उप्रेती , घ्याङलेक गाउपालिका इन्र्चाजमा अच्युत श्रेष्ठ लाई चयन गरेको छ भने सह– इन्चार्ज तोक्न बाँकी रहेको नेकपा सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया