शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

लघुविमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सिन्धुलीमाढीमा

शनिवार , मंसिर २८, २०७६

लघु विमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सिन्धुलीमाढीमा शुक्रबार संचालन भएको छ । लघुविमा भन्नाले न्युनतम आय भई आर्थिक,सामाजिक तथा भौगोलिक कारणबाट जोखिग्रस्तु वर्गका व्यक्ति तथा समुदायलाई लक्षित गरि निजहरुको जीवन तथा सम्पत्तिको सुरक्षा गर्नका लागी न्युनतम विमा शुल्क लिई गरिने विमालाई जनाउँछ । नेपाल बीमक संघ र प्रिमियर इन्स्योरेन्स कम्पनीको संयुक्त आयोजनामा आज सिन्धुलीमा अभिमुखिकरण कार्यक्रम भएको होे ।

लघुविमा सम्बन्धि चेतना अभिवृद्धी गर्ने उद्देश्यले संचालन गरिएको एक दिवसिय कार्यक्रममा सिन्धुली,रामेछाप लगाएत जिल्लाका सरोकारवालाहरुको सहभागिता रहको थियो ।

कार्यक्रममा नेपाल वीमक संघका द्रोण आचार्यले  लघुविमा,बाली तथा पशुविमा कार्यक्रमको उद्देश्य,महत्व र प्रभावकारीताका सम्बन्धमा जानकारी गराउनुभयो । उहाँले नेपालको पिछडिएको क्षेत्र तथा न्युन आय भएको वर्गसम्म विमाको पहुँच विस्तार गर्ने उद्देश्यले लद्युविमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम देशव्यापी रुपमा संचालन गर्न थालिएको बताउनुभयो ।

संम्भावित जोखिम विरुद्ध आर्थिक सुरक्षाका हुने,गरिवि निवारणमा सघाउने,ग्रामिण समुदायको ऋण र ग्रस्तलाई कम गर्दै उत्थानशिल्ताको बृद्धि गर्ने भएकाले यस विमाको महत्व रहेको नेपाल वीमक संघका आचार्यले बताउनुभयो । जोखिमग्रस्त समुदायको जोखिम न्युनिकरण गर्न तथा निम्न आय भएका वर्गको आयस्तर बृद्धिका लागी लद्युविमाको आवश्यकता भएको उहाँको भनाई छ । उहाँका अनुसार लद्युविमा अन्र्तगत गार्हस्त विमा,व्यक्तिगत दुर्घटना विमा,स्वास्थ्य विमा,लद्यु व्यवसाय विमा,गम्भिर प्रकृतीको रोग विमा,पशुधन विमा र बाली विमा गर्न सकिने छ ।

प्रतिक्रिया