सिन्धुलीमा विभिन्न कार्यक्रम गरि विहिवार १६ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । गाउँ नगरमा महिला स्वास्थ्य स्वयंम सेविका,स्वास्थ्य प्रर्धनमा अहम भुमिका भन्ने मुल नाराका साथ दिवस मनाईएको हो ।
वि.स २०४५ सालमा स्वास्थ्य सेवामा महिलाहरूको सहभागिता जुटाउने उद्देश्यले मनाउन थालिएको महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा कमलामाई नगरपालिका ३ चपौलीमा ३ जना महिला स्वास्थ्य स्वयसेविकाहरु सम्मानित हुनुभएको छ ।

सम्मानित हुनेहरुमा उत्कृष्ठ काम गर्ने कमला देवि सिग्देल,सावित्रा श्रेष्ठ र हरिमाया स्वांवा रहेको सिन्धुली जिल्लाको एक मात्र नमुना स्वास्थय चौकी चपौलीका प्रमुख महानन्द यादवले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिका वडा नम्बर ३ का अध्यक्ष खड्ग प्रसाद चौलागाईको अध्यक्षतामा भएका कार्यक्रममा अहेव नविन लामिछाने,अनमी कृष्ण कुमारी कार्की र शोभा लुईटेललाई स्वास्थ्य चौकीमा स्वागत समेत गरिएको छ । दिवसको अवसर पारेर स्वास्थ्य चौकी क्षेत्रमा सरसफाई समेत गरिएको स्वास्थ्य चौकी चपौलीका प्रमुख यादवले बताउनुभयो ।