शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

लैगिंक हिंसा अन्त्यका लागी अन्तरक्रिया

बिहिवार , मंसिर १९, २०७६

कमलामार्ई नगरपालिका–१,मझिनी दमारमा लैगिंक हिंसा अन्त्यका लागी सबैको भुमिका सम्बन्धि बुधबार अन्तरक्रिया गरिएको छ । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत समानताको पुस्ता,बलात्कार विरुद्ध ऐक्यवद्धता भन्ने मुल नाराका आयोजित अन्तरक्रिया कार्यक्रम सामुदायिक विकास कार्यक्रम,सिन्धुली,नेपाल र भगवती महिला बचत तथा ऋण सहकारी संस्था कनपा १ सँगको समन्वयमा कमलामाई नगरपालिका सिन्धुलीले आयोजना गरेको हो ।

अन्तरक्रियामा भगवती महिला बचत तथा ऋण सहकारी संस्थाका संस्थापक कविता खतिवडाले मदिराको अत्याधिक प्रयोगले आफ्नो वडामा असान्ती,झैझगडा हुने गरेको बताउनु भयो । मदिराको बढी प्रयोग महिला हिंसाको मुख्य कारक भएको उहाँको भनाई छ । उहाँले जटिल प्रकृतीका हिंसामा परेका कतिपय महिलाहरुले समेत असुरक्षा हुने डरले हिंसा सहदै आएका बताउनुभयो । उहाँले घरेलु चाडरक्सी तथा मदिरा नियन्त्रण गरि सभ्य,शान्ती र समृद्ध समाज निर्माण गर्न पहल गर्नुका लागी नगर उपप्रमुख मञ्जु देवकोटा,सरोकारवाला निकायहरु सहित महिला अधिकारकर्मीलाई समेत आग्रह गर्नुभयो ।

मनोसामाजिक परार्मशकर्ता सरिता पाख्रिनले हिंसाका घटनाहरु न्यायलय सम्म पुरयाउन समस्याहरु आउने गरेको बताउनुभयो । उहाँ अनुसार बढी हिंसा कुलत,जाडरक्सी,जुवातास लगाएतका कारण हुने गरेका छन् ।

मझिनी दमार स्थित प्राथामिक स्वास्थ्य चौकीका प्रमुख ललित बहादुर थिङ्गले पोषणयुक्त खानेकुराको अभावका कारण महिलाहरुमा स्वास्थ्य समस्याहरु देखिने गरेको बताउनुभयो । उहाँका अनुसार हायु जातीमा विशेष गरि बालविवाह हुने गरेका छ । सानो उमेरमा विवाह हुने गरेकाले यस जातीका आमाहरुमा अझ समस्या देखिने गरेको छ । त्यस क्षेत्रका लागी बर्थिंक सेन्टरको समेत अभाव भएको उहाँले बताउनुभयो ।

नगर उपप्रमुख मञ्जु देवकोटाले लैगिंक हिंसा न्युनिकरणका लागी स्थानीय सरकारले विभिन्न संयन्त्रहरु अपनाएको बताउनुभयो । नगरका ७ वटा वडाहरुमा मनोसामाजिक परामर्शकर्ताहरु राखिएको र अव बाँकी ७ वटा वडाहरुमा राख्ने प्रक्रिया अगाडी बढाईएको उहाँले बताउनुभयो । यस्तै श्रिमान श्रिमती समुह।आमा समुह,किशोरकिशोरी समुह,बालबालिका संचालन,युवा संजाल,समुह,टोल विकास समिती लगाउत गठन भएको बताउनुभयो । उहाँले नगरले लैगिंक निती समेत पारित गरिसकेको बताउनुभयो । जनतालाई सुशासन र स्वतन्त्रता दिन सके मात्र समाजको विकास हुने भन्दै हिंसारहित समाजको निर्माणका जोड दिईएको बताउनुभयो । बढ्दो मदिरा प्रयोगका कारण समाजमा असान्ती,हिंसाका घटनाहरु बढ्को भन्दै मदिरा नियन्त्रणका लागी नगर सभामा प्रस्ताव राख्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

यस्तै महिला अधिकारकर्मी सविता कोईरालाले हिंसा रहित हुनुपर्ने बताउनुभयो । उहाँले हिंसा सहित छौँ,हिंसा रहित नएको धारण राख्नुभयो । हिंसारहित हुनका लागी महिला हरेक क्षेत्रमा सक्षम र शसक्त हुन आवश्यक रहेको उहाँको भनाई छ । अनेमा संघका अध्यक्ष रस्मिला देवकोटाले हिंसा न्युनिकरणका लागी आफु बदलिदै समाजलाई बदल्नु पर्ने बताउनुभयो । उहाँले महिला आर्थिक,सामाजिक,राजनीतिक,शैशिक रुपमा सक्षक बन्नुपर्ने धारण राख्नुभयो ।

नेपाल महिला संघ जिल्ला कार्य समिती सिन्धुलीका उपाध्यक्ष शान्ता कार्कीले हिंसा सहेर बस्न नहुने बताउनुभयो । हिंसामुक्त समाज निर्माणको लागी महिला र पुरुष दुवै एक भएर अभियानमा लाग्नुपर्ने उहाँको भनाई छ ।

कमलामाई नगरपालिका १ का वडा सदस्य तथा न्यायिक समितीका सदस्य कान्ता ढकालको अध्यक्षतामा भएको कार्यक्रममा ४ सफल दाम्पत्य जोडीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विभिन्न सरकारी,गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र स्थानीय महिलाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया