शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

राइड थ्रु सिन्धुलीगढी साईकलयात्री सिन्धुलीमाढीमा

शनिवार , मंसिर ७, २०७६

राइड थ्रु सिन्धुलीगढी साइकल यात्रामा रहेका २ सय १० जना साइकलयात्री  सिन्धुलीमाढी आईपुग्नु भएको छ ।

शुक्रबार सुनकोशी गाउँपालिकाको मुल्कोटमा बास बस्नुभएको उहाँहरु शनिवार दिउँसो करिव १२ः३० बजे गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा आईपुग्नुभएको थियो । खनियाखर्कमा शनिवारबाट सुरु भएको जुनार महोत्सवमा उहाँहरुको भव्य स्वागत र सम्मान गरिएको थियो । जुनार महोत्सवमा विश्व साईकयात्री पुष्कर शाह सहितका साईकलयात्रीहरुले सिन्धुलीगढी घुमेर हेर्दा सुन्तीमाई कतिन राम्रो दरवार मार्यो नी मायाले मार्यो,सिन्धुलीको रसिलो जुनार लगाएत गित गायर नृत्य समेत प्रस्तुत गर्नुभयो । त्यस पछि सिन्धुलीको रसिलो जुनारको जुस दिदैँ उहाहरु ऐतिहासिक स्थल सिन्धुलीगढी जानुभएको थियो ।

उहाँहरु ऐतिहासिक सिन्धुलीगढी घुमेर सिन्धुलीमाढी झर्नुभएको हो । काठमाडौंको पशुपतिनाथ क्षेत्रबाट सुरु भएको यस वर्षको साइकल यात्रामा सहभागी २ सय १० जना साइकलयात्रीलाई प्रदेश सांसदहरु विनोद कुमार खड्का,प्रदिप कट्टुवाल,प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम,जिल्ला प्रहरी कार्यालय सिन्धुलकिा प्रहरी प्रमुख उपरिक्षक चक्र बहादुर सिंह लगाएत सिन्धुली कलाघर सिन्धुलीका कलाकारहरुले भव्य रुपमा स्वागत गर्नुभयो ।

साईकलयात्रीको स्वागत र सम्मानका लागी सिन्धुली कलाघर सिन्धुलीले संस्कृतिक कार्यक्रममा आयोजना गरेको थियो । कार्यक्रममा लोपोन्मुख बिभिन्न जात जातिका झाकी नाच प्रदर्शन, मौलिक लोकबाजा पन्चेबाजा तथा खैजेडी भजन, बिद्यालय स्तरिय लोक नृत्यको प्रदर्शन, जिल्लाका श्रष्ठाहरुको उत्कृष्ठ सिर्जना बाचन कार्यक्रम, सन्देशमुलक नाटक तथा हास्य ब्यग्य, चर्चित कलाकारहरुको नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । कार्यक्रममा विश्व साईकलयात्री शाह लगाएत साईकलयात्रीहरुले पनि नाचगान गरेका थिए ।

काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएको साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, सेना, प्रहरी, विद्यालयले साइकलयात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविर लगायतको व्यवस्था गरेको थियो ।

शनिवार साईकलयात्रीको टिम सिन्धुलीमाढीमा बास बसेको छ । अहिले सम्मको यात्रा सजिलो र रमाईलो भएको साईकलयात्रीहरुले प्रतिक्रिया दिएका छन् । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार बर्षदेखि राइड थ्रु सिन्धुलीगढी आयोजना गर्दै आएको छ । यस बर्ष संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले महिला साइकलयात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या बढ्दै आयोजकले जनाएको छ । राइड थ्रु सिन्धुलीगढी साइकल यात्रालाई विश्व साइकलयात्री पुस्कर शाह र अर्का यात्री देवेन्द्र बस्नेतले नेतृत्व गर्नुभएको छ । आईतबार साइकलयात्री मिथिलाको सांस्कृतिक सहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोक संस्कृति सहितको सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया