सिन्धुली निर्माण व्यवसायी संघले निर्माण कार्यमा प्रयोग भईरहेको स्काभेटरमा आगो लगाई पुर्ण क्षती गरेको प्रति घोर भत्र्सना गरेको छ ।
संघले करोडौँको लगाानी गरि निर्माण स्थलमा काम गर्ने पिडीत निर्माण व्यवसायी छेत्र बहादुर बम्जन लगाएत सम्पुर्ण निर्माण व्यवसायिको जनधनको सुरक्षाको ग्यारेन्टी नेपाल सरकारबाट नभए सम्म जिल्लाका हुने सबै निर्माण कार्य आजैबाट ठप्प पारि निर्माण व्यवसायीहरु आन्दोलीत हुने चेतावनी समेत दिएको छ ।
आज विहान पत्रकार सम्मेलन गरि प्रेश विज्ञप्ती जारी गदैँ संघले स्काभेटरको तत्काल क्षेती पुर्ति दिने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

करोडौँ लगानी गरि निर्माण स्थलमा काम गरिरहेका निर्माण व्यवसायी बम्जनको स्काभेटरमा क्षेती पु¥याउने आतताई अज्ञात समुहलाई तुरुन्त पक्राउ गरि कानुनी कार्यवाही गर्न व्यवसायी संघले ध्यानकर्षण गराएको हो ।
निर्माण व्यवसायी बम्जनको स्काभेटर मंगलबार राती दुधौली नगरपालिका–१३,डुडभज्याङ्गमा अज्ञात समुहले निर्माण स्थलमा नै जलाएको थियो ।
निर्माण व्यवसायी बम्जनले स्थानीय पुर्वधार तथा कृषि सडक विभाग र ECL,Kankai JV विच सम्झौता गरि लखिमा चोक–दमार–अरुण डाँडा सडक योजना यस क्षेत्रमा संचालन गरिरहनु भएको छ । उहाँ योजना सब कन्ट्रसन प्रा.लि.को प्रबन्ध निर्देशक र निर्माण व्यवसायी संघको सदस्य समेत हुनुहुन्छ ।
क्षतीग्रस्त स्काभेटरका तस्विर :



