बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

कुशेश्वर महादेव मन्दिरमा कुम्भस्तम्भको शिलन्यास

सोमवार , मंसिर २, २०७६

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ स्थित आदिलिंग कुशेश्वर महादेव मन्दिरमा कुम्भस्तम्भको शिलन्यास गरिएको छ । कुम्भस्तम्भको शिलन्यास एक कार्यक्रमका विच सुनकोशी गाउँपालिका प्रमुख दिपा वोहोरा(दाहाल)ले गर्नुभएको हो ।

मन्दिर परिसरमा प्रदेश सरकारको ५० लाख लागतमा २ वटा कुम्भस्तम्भ बनाउन लागिएको गाउँपालिका न्यायिक समितीका कानुनी सल्लाकार समेत रहनुभएका चिरन्जिवी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा कुम्भस्तम्भ २१ फिट र अर्को कुम्भस्तम्भ ९ फिटको निर्माण हुने छ ।

यस्तै गुरुकुल आवासका लागी ६ कोठे भवनको डलान समेत गरिदैँ छ । यस भन्दा अगाडी प्रदेश सरकारको ४४ लाख लागतमा गुरुकुल आवासको पिलर उठाईएको थियो । दुई वटा कुम्भस्तम्भ र ६ कोठे भवन निर्माण कार्य निर्माण समितीका अध्यक्ष उपेन्द्र कोइरालको नेतृतवमा भईरहेको उहाँले जानकारी दिनुभयो । अवको २ महिना भित्र सम्पुर्ण निर्माण कार्य सम्पन्न गरि चैत महिनामा मन्दिरमा कुम्भ मेला लगाईने जनाईएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया