शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

क्यान्सरका विरामीलाई नगद सहयोग

सोमवार , मंसिर २, २०७६

सिन्धुलीको कमलामाई नगरपालिका–६ धुरावजारमा रहेको सिन्धु वचत तथा ऋण सहकारी संस्थाले क्यान्सरका विरामीलाई नगद सहयोग गरेको छ । संस्थाले सिन्धु साकोसकी शेयर सदस्य समेत रहनुभएका क.न.पा. ५, निवासी भवानी श्रेष्ठको स्वास्थ्य उपचारको लागि २० हजार २० रुपैया उपचार खर्च प्रदान गरेको हो ।

सहकारी संस्थाले क्यान्सर,मुटुको सल्यकृया, मृगौला प्रत्यारोपण तथा प्यारालाइसिस जस्ता जटिल रोगको उपचारको लागि उपचार खर्च सदस्य हितकोष मार्फत सहयोग गर्ने गरिएको संस्थाका अध्यक्ष नवराज कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो,“सवै सदस्य सहकारी संस्थाका अभिन्न अंग हुन्,जस्को जीवन रक्षा गर्नु संस्थाको कर्तव्य हो । सोही सम्झि सहयोग गदैँ आएका छौँ ।”

सहकारी संसथाको नितिगत प्रावधान अनुरुप निजका पति नारायण श्रेष्ठलाई सहयोग रकम हस्तारण गरिएकोे संस्थाका अध्यक्ष कोइरालाले बताउनुभयो । यसका अवाला संस्थाले शेयर सदस्यहरुको आपत वितपका लागि हितकोष खडागरी सोहि कोषवाट सदस्यको २ लाख सम्मको ऋणी दुर्घटना राहत,५० हजार सम्मको सदस्य दुर्घटना राहत,दैवि प्रकोपमा १० हजार राहत तथा सदस्यको देहवासनमा २० हजार २० रुपैया राहत सहयोग गदँै आएको उहाँको भनाई छ ।

त्यस्तै सदस्यको परिवारको देहावासनमा ५ हजार सहयोग गर्ने संस्थाको निती छ । सिंन्धु सहकारी संस्थामा हाल २ हजार २ सय ९५ शेयर सदस्यहरुले १७ करोड वरावरको नियमित कारोवार गरिरहेका जनाईएको छ ।

प्रतिक्रिया