सिन्धुलीमा जुनारको बजार लागेको छ । जुनार उत्पादनका लागि प्रख्यात मानिने जुनार पकेट क्षेत्र गोलन्जोर गाउँपालिका ५ को खनियाँखर्कमा जुनार बजार लागेको हो । सिन्धुलीको जुनार अहिले दैनिक वीपी राजमार्ग हुदैँ पुर्ब र पश्चिमजाने गाडीका यात्रुहरुले बढी खरिद गर्ने गरेको किसानहरुको भनाई छ । तर पसलै पिच्छे जुनारको भाउ फरक हुँदा उपभोक्तालाई जुनार छान्न समस्या भएको उपभोक्ताहरुले बताउनु भएका छन् । जुनारको दान हेरेर कृषिकहरुले अहिले किलोको ७०, ८० र १०० रुपैया सम्म जुनार बिक्रि बितरण गर्दै आएको जनाईएको छ । सुन्ताला किलोको १ सय २० देखि १ सय ५० सम्म बिक्रि बितरण हुदै आएको छ ।

यस बर्ष सिन्धुलीको जुनारमा ब्याटोसेरा मिन्याक्स जातको किराको प्रकोप कम देखिएपनि जुनारको फुल खेलेर फल लाग्ने समयमा असिनाले क्षेति पु¥याए पछि जुनारको राम्रो उत्पादन गर्न नसककोे जुनार कृषक श्याम रम्तेलले बताउनु भयो । जुनार पकेट क्षेत्र भित्रको, खनियाखर्क ,बाटो निगाले ,मजुवा ,चपौलीमा असिनाले जुनारमा क्षेति पुर्याए थियो ।
गोलन्जोर गाउँपालिका ५ खनियाँखर्कका कमला थापाले यस बर्ष असिनाको कारण जुनार बोटमा फल नलागेको बताउनु भयो । अघिल्लो बर्ष जुनार बेचेर १ लाख माथि आम्दानी लिनु भएको कमलाले यो बर्ष जुनारबाट अम्दानी लिन नसकेको गुनासो गर्नुभयो । अहिले बजारमा तिनकन्या नाकाजोली,नयाँखर्क लगाएत क्षेत्रका जुनार बिक्रि बितरण भईरहको छ ।