शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पूर्व मन्त्री आलमलाई थुनामा राख्न अदालतको आदेश

शुक्रवार , कार्तिक २९, २०७६

जिल्ला अदालत, रौतहटले पूर्व मन्त्री आफताब आलमलाई पूर्पक्षको लाथि थुनामा राख्ने आदेश गरेको छ ।

रौतहटको फरदवामा बाह्र वर्ष अगाडि भएको घटनाको बम विष्फोट, कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा आलमलाई पूर्पक्षको लागि कारागार चलान गर्न आदेश गरेको जिल्ला अदालत रौतहट स्रोतले जनाएको छ । औपचारिक रुपमा यसको पुष्टि हुन बाँकी छ ।

अदालतको आदेशमा मिसिलसँग संलग्न प्रमाणबाट प्रारम्भिक रुपमा आलमको संलग्नता देखिएको भनिएको छ ।

जिल्ला अदालत, रौतहटका न्यायाधीश दीपक ढकालको एकल इजलासले मुलुकी फौज्दारी कार्यविधि संहिता, २०७४ को ६७(१) ख बमोजिम गर्न आदेश गरेको हो । उक्त दफाले तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने व्यवस्था गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले गत् कात्तिक १८ गते आलमसहित ११ जनामाथि सजायको माग दाबी लिई जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेको थियो । करीब दुई सातासम्म चलेको मुद्दाको थुनछेक बहस शुक्रबार सम्पन्न भएपछि न्यायधिश ढकालले प्रतिवादी आलम र वादी तर्फका श्रीनारायण सिंहलाई आ आफ्नो कुरा राख्न समय दिनुभएको थियो । दुबैजनाले आफ्नो कुरा राखेपछि थुनछेक बहस टुंगिएको थियो ।

उक्त प्रकरणमा आलम गत् असोज २६ गते रौतहटबाटै पक्राउ पर्नुभएको थियो । घटनामा संलग्नमध्ये दश प्रतिवादी अझै फरार रहेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया