सिन्धुली – सिन्धुली एकिकृत विकास सेवा ( सिड्स नेपाल), सिन्धुलीले कमलामाई नगरपालिकामा आठ दिने व्यवसाय सचेतना तथा व्यवसाय सुरु तालिम संचालन गरेको छ । महिला नमुना उद्यमशिल विकास परियोजना मार्फत दिगो विकासका लक्ष्यहरुलाई स्थानियकरण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको परियोजना संयोजक संजिव अधिकारीले जानकारी दिए ।
कमलामाई नगरपालिकाको वडा नं २ पिपल भञ्याङ, वडा नं ६ र वडा नं ७ मा असोज २९ गते देखि सुरु भएको तालिममा १८ र २२ जना महिलाहरुको सहभागिता रहेको परियोजना संयोजक अधिकारीको भनाई छ । पहिलो चरणको तालिम कात्तिक ६ गते समापन हुने संस्थाले जनाएको छ ।
उद्यमशिलता विकास तालिम पछि पिपल भञ्याङका १८ जना महिलाहरुलाई वेसार प्रशोधन तालिम तथा वडा नं ६ र ७ मा व्यवसाय सचेतना तालिम लिएका महिलाहरुलाई गड्यौलापालन तथा गड्यौला मल वनाउने सीप विकास तालिम प्रदान गरिने परियोजना संयोजक अधिकारीले बताए ।
महिला नमुना उद्यमशिल विकास परियोजना कमलामाई नगरपालिका र संयूक्त राष्ट्र संघिय विकास कार्यक्रम ९यूएनडिपि० सँगको साझेदारीमा सिन्धुली एकिकृत विकास सेवा ( सिड्स नेपाल), सिन्धुली संचालन गरेको हो ।