शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बि.पि.राजमार्गमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु,दुई जना गम्भिर घाईते

शनिवार , आश्विन २५, २०७६

सिन्धुलीको सुनकोशि गाउँपालिका–३ झाँगाझोली स्थित बि.पि.राजमार्ग सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको छ । शुक्रबार अपराहन्न ४ बजे भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुई जना घाईते भएको सिन्धुली प्रहरीले जनाएको छ ।

काठमाडौँबाट सिन्धुली तर्फ आउँदै गरेको ज.१.ज २३२ नं को सुमोले रिठ्ठेभिर बाट नेपालथोक तर्फ जादै गरेको बा ३६ प ७८७ नं को मोटर साईकललाई ठक्कर दिईदा मोटरसाइृकल चालक सहित मोटरसाईकलमा सवार ३ जना यात्रु ३ सय मिटर तल सुनकोशीको किनारमा पछारिएका थिए । मोटरसाईकल र चालक सहित यात्रु उछिट्टिएर सुनकोशी नदिमा खस्दा एक जनाको मृत्यु र २ जना सख्त घाईते भएका हुन् ।

मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–१ भूत्याटारका गुञ्जमानका छोरा १९ वर्षीय धनध्वज तामाङ रहेका छन् । उनको टाउकोमा चोट लागेर अवस्था गम्भिर रहेको र उपचारका लागि धुलिखेल अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले जानकारी दिए ।

दुर्घटनामा परि घाइते भएका मोटर साईकल चालक काभ्रे सुर्यखर्क गाउँपालिका– २ का २७ बर्षिय नेमा तामाङको टाउकोमा चोट लागेको र अबस्था गम्भिर रहेको उनले बताए । गम्भिर घाईतेलाई थप उपचारको लागि धुलिखेल रिफर गरिएको छ । सोही ठाउँका मोटर साईकलको पछाडी सवार १८ बर्षिय मनोज तामाङको हात खुट्टामा चोट लागेको र अबस्था सामान्य रहेको प्रहरी प्रमुख उपरिक्षक सिंहले बताए । घाईते तामाङको भरोसा अस्पतालमा उपचार भईरहेको छ ।

मोटरसाईकललाई ठक्कर दिने कमलामाई यातायात सेवा समितीद्धारा संचालित टाटा सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताईएको छ ।

प्रतिक्रिया