पछिल्लो समय प्याजको मूल्य आकाशिएको छ । जसका कारण हरेकको भान्छा प्रभावित भएको छ । मानिसहरू प्याजकै लागि झैझगडा गर्न थालेका छन् ।
यो घटना भारतको उत्तर प्रदेशो अमरोहा जिल्लाको हो । प्याजको विषयमा झगडा हुँदा त्यहाँको एक गाउँमा ५ महिला घाइते भएका छन् ।
यस गाउँको एक पसलमा दुई महिला प्याजको विषयमा झैझगडा गर्दै थिए । त्यसैबेला अरू महिला पनि झैझगडा गर्न थाले ।
एजेन्सीका अनुसार, यो विवाद ह्रिंसक बनेको थियो । गाली गलौजबाट शुरू भएको विवाद हिंसामा परिणत हुँदा ५ महिला घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एजेन्सी