शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आचार्य बालकृष्णको सम्पत्ति ह्वात्तै घट्यो

शनिवार , आश्विन २५, २०७६

नेपालमा जन्मिएका पतञ्जली आयुर्वेदका प्रमुख बालकृष्णको सम्पत्ति दुई तिहाईले घटेकोछ ।

फोर्बस् म्यागाजिनलेमा जनाए अनुसार सन् २०१७ मा २.५ अर्ब डलर कुल सम्पत्ति रहेकामा सन् २०१९ मा १.४ अर्ब डलरमा सिमित भएको छ । यद्यपि उनी भारतको सर्वाधिक सय धनीको सूचिभित्र परेका छन् ।

फोर्बस् म्यागाजिनका अनुसार पतञ्जली आयुर्वेदको उत्पादन विक्री घटेकाले सम्पत्ति पनि घटेको हो । आचार्यले पतञ्जलीको सम्पत्तिमा ९८.५ प्रतिशत हिस्सा राख्छन् ।

सम्पत्ति ह्वात्तै घटेपनि ४७ वर्षीय आचार्य भारतको ९७ औं धनीको सूचीमा परेका छन् । भारतको नागरिकता लिएका उनी अविवाहित छन् ।

यसै वर्ष आचार्य बालकृष्णको हत्या प्रयास भएको थियो । उनलाई खानामा विष मिसाएर मार्न खोजिएको थियो ।

प्रतिक्रिया