शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विपि राजमार्गमा बस दुर्घटना,३ जनाको मृत्यु,५ जना गम्भिर घाईते

शनिवार , आश्विन १८, २०७६

विपि राजमार्ग अन्र्तगत सिन्धुली र काभ्रेको सिमानामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेहरुमा २ जना पुरुष र १ जना महिला गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उनिहरुको नाम भने खुल्न सकेको छैन । गम्भिर घाईते ५ जनालाई धुलिखेल अस्पतालमा पठाईएको छ । काठमाडौँबाट सिरहाको लाहान तर्फ जादैँ गरेको बा ३ ख २३५९ नम्बरको बस सिन्धुलीको सुनकोशी गाउँपालिका १ देविस्थानमा दुर्घटना भएको हो ।

बस आफैँ अन्यत्रित भई सडकमा पल्टिदा दुर्घना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उपरिक्षक चक्र बहादुर सिंहले जानकारी दिए ।घटनाबारे थपबिबरण आउन बाँकी छ।

प्रतिक्रिया