सिन्धुलीका माननीयहरूलाई जनताको तर्फबाट ५  प्रश्न

मंगलवार , मंसिर ८, २०८३

कित्ताकाटदेखि नागरिकको आर्थिक संकटसम्म—माननीयज्यूहरू, तपाईंहरू कहाँ हुनुहुन्छ ?

१. सिन्धुलीका नौ स्थानीय तहमध्ये सातवटामा कित्ताकाटसम्बन्धी प्रक्रिया अघि बढ्दा कमलामाई र गोलन्जोर किन पछाडि परे ? यो विषय समाधान गर्न तपाईंहरूले नापी विभाग, मिनभवनमा कति पटक औपचारिक पहल गर्नुभयो ?

२. जनताको जग्गा रोकिएको छ, कोही ऋण तिर्न नसकेर तनावमा छन्, कोही उपचार खर्च जुटाउन सम्पत्ति बेच्न सकिरहेका छैनन् । जनताको यो पीडा संसद् र सरकारसम्म पु¥याउने तपाईंहरूको भूमिका कहाँ देखियो ?

३. जिल्लाका नागरिकले विकास निर्माणदेखि सरकारी सेवा प्रवाहसम्म समस्या भोगिरहेका छन् । तपाईंहरू जनताका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय र विभाग धाइरहनुभएको छ कि जनताले नै तपाईंहरूलाई खोज्दै हिँड्नुपर्ने अवस्था छ ?

४. एउटै जिल्लाका सात स्थानीय तहमा प्रक्रिया अघि बढ्दा बाँकी दुई तहमा किन ढिलाइ भयो भन्ने विषयमा तपाईंहरूले सम्बन्धित निकायसँग जवाफ माग्नुभएको छ ? माग्नुभएको छ भने त्यसको परिणाम के आयो ?

५. चुनावका बेला जनताको घरदैलोमा पुग्ने माननीयज्यूहरू, चुनावबाहेकका दिनमा जनताको समस्या बोकेर सिंहदरबारदेखि विभागीय कार्यालयसम्म कति पटक पुग्नुहुन्छ ? जनताले तपाईंहरूलाई खोज्दा भेट्ने कि जनताको समस्या समाधान हुँदा तपाईंहरूलाई सम्झने ?

सिन्धुलीका जनताले अब भाषण होइन, पहलको प्रमाण र कामको परिणाम खोजिरहेका छन् । माननीयज्यूहरू, जनताको पीडामा तपाईंहरूको उपस्थिति कहाँ छ ?

प्रतिक्रिया