सिन्धुलीमा जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु

सोमवार , मंसिर ७, २०८३

सिन्धुली ,०७ मंसिर — कमलामाई नगरपालिका–२ भद्रकालीस्थित भित्री सडकखण्डमा चलिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरीका अनुसार सोमवार बिहान ९ः३० बजे घ्याङलेखबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपबाट खसेर घ्याङलेख गाउँपालिका–४ बन्दीपुरका ५८ वर्षीय मानध्वज योञ्जन घाइते भएका थिए ।

प्रहरीका अनुसार जिपमा सवार योञ्जन ढोकाको लक समातेर बसेका बेला अचानक लक खुलेपछि ढोकाबाट खसेको प्रारम्भिक विवरणमा उल्लेख छ । खसेर घाइते भएका उनलाई सोही जिपमार्फत उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको थियो ।

अस्पतालमा उपचार भइरहेका योञ्जनलाई बिहान ९ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि उनलाई अस्पताल पु¥याइएको करिब २० मिनेटमै मृत्यु भएको हो ।

घटनामा संलग्न जिप र चालक कमलामाई नगरपालिका–५ सिलामेका २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण, जिपको ढोकाको लक अचानक खुल्नुको अवस्था तथा दुर्घटनासम्बन्धी अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया