मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

आजको मौसम पुर्वानुमान

यस्तो छ आज सोमवारको मौसम पूर्वानुमान

सोमवार , कार्तिक १६, २०८३


काठमाडौँ १६ कात्तिक  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ। 

दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा अहिले हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आज सोमबार देशभर आंशिक बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। यसैगरी, लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।

महाशाखाले चक्रवात मुरासुबारे पनि विशेष बुलेटिन जारी गर्दै उक्त मौसम प्रणालीको कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नदेखिएको जनाएको छ ।

मौसम मोडल तथा भू-उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्क विश्लेषणको आधारमा आइतबार बिहान ११:४५ बजे दक्षिणपश्चिम बङ्गालको खाडी तथा आसपासको मध्यपश्चिम बङ्गालको खाडीमा चक्रवाती आँधी मुरासु बनेको हो ।

सोमबार मध्यपश्चिम बङ्गालको खाडीमा यो प्रणाली शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको छ । यो प्रणाली निरन्तर पश्चिम-उत्तरपश्चिमातर्फ अघि बढ्दै कार्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा पर्ने नेल्लौर र नरसापुरबिचबाट शक्तिशाली चक्रवाती आँधीका रूपमा जमिनमा प्रवेश गर्ने सम्भावना छ ।

प्रतिक्रिया