मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

मौसम पुर्वानुमान

यस्तो छ आज शनिवारको मौसम पुर्वानुमान

शनिवार , श्रावण १६, २०८३

काठमाडौँ ,१६ साउन - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ।

आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।

साथै तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही तथा तराई भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया