शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ग्वाङखोलामा अवैध बालुवा उत्खनन गर्दै गरेको जेसिवी नियन्त्रणमा

शुक्रवार , जेठ २९, २०८३

सिन्धुली,२९ जेठ  — सिन्धुलीको कमलामाई नगरपालिका–७ स्थित ग्वाङखोला क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको एक जेसिवीलाई प्रहरीले नियन्त्रणमा लिएर थप कारबाहीका लागि स्थानीय तहमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहिवार प्रहरी गस्ती टोली नियमित गस्तीका क्रममा उक्त क्षेत्रमा पुगेको थियो । सो क्रममा ग्वाङखोला किनारमा नदीजन्य पदार्थ अन्तर्गतको बालुवा अवैध रूपमा उत्खनन भइरहेको फेला परेपछि प्रहरीले तत्काल कारबाही अघि बढाएको हो ।

प्रहरीले घटनास्थलबाट प्र.२–०२–००१ क ०४४५ नम्बरको जेसिवी नियन्त्रणमा लिएको जनाएको छ । उक्त सवारी साधन नदीजन्य पदार्थको अवैध उत्खनन कार्यमा संलग्न रहेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिइएको जेसिवीलाई आवश्यक कानुनी प्रक्रिया तथा थप कारबाहीका लागि कमलामाई नगरपालिकाको कार्यालय, सिन्धुली पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी  प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले अवैध रूपमा प्राकृतिक स्रोत–साधनको दोहन गर्ने गतिविधिमाथि निगरानी र नियन्त्रणलाई निरन्तरता दिइने  बताए ।

नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार रोक्न सुरक्षा निकायले विभिन्न स्थानमा निगरानी तथा गस्तीलाई तीव्र बनाउँदै आएको उनले जनाए ।

dpo.jpg
undefined

प्रतिक्रिया