सिन्धुली, लदाभीर — नमुना माध्यमिक विद्यालय लदाभीरमा विद्यालय व्यवस्थापन समिति (वि.व्य.सं) सर्वसम्मत रूपमा गठन गरिएको छ । समितिको अध्यक्षमा बेनु घले चयन हुनुभएको छ ।
नवगठित समितिका सदस्यहरूमा सुबर्ण अधिकारी, अशोक गुरुङ, ज्ञानबहादुर स्याङ्तान, निर्मला कुमारी कुमर, संगीता खत्री तथा वडा अध्यक्ष देब प्रसाद अधिकारी रहनुभएको छ ।
समितिले विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुदृढीकरण तथा भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यसैबीच, शिक्षक अभिभावक संघ (टि.अ.सं.) पनि गठन गरिएको छ । हिजो सम्पन्न अभिभावक भेलाले चुक्ता बहादुर कार्कीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । उक्त भेलामा अभिभावक, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
नयाँ नेतृत्वप्रति विद्यालय परिवार तथा स्थानीयवासीले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । विद्यालयको गुणस्तरीय शिक्षा, प्रभावकारी व्यवस्थापन तथा पूर्वाधार विकासमा यी दुवै समितिले सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।