शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ आज बुधवारको मौसम पूर्वानुमान

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौँ , २० फागुन - जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ । ती भू-भाग लगायत बाँकी भू-भागहरूमा तुँवालो पनि लागेको छ ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया