मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

आज बलियो उत्तर कोरियासँग खेल्दै नेपाल

आइतवार , श्रावण २५, २०८२

काठमाडौं,२५ साउन – भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज उत्तर कोरियासँग खेल्दैछ ।

खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा  दिउँसो १ : ४५ बजे सुरु हुनेछ । उत्तर कोरिया यू–२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली हो ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १–० गोलअन्तरले हराएको थियो ।

उत्तर कोरियाले साउदी अरेबियालाई १५–० तथा भुटानलाई १०–० को फराकिलो अन्तरले हराएको छ । नेपालले पछिल्लोपटक सन् २००४ मा यही उमेर समूह (त्यसबेला यू–१९ भनिएको)मा उत्तर कोरियासँग एसियन कपमै खेलेको थियो । जहाँ नेपाल १९–० गोलअन्तरले पराजित भएको थियो ।

प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ । नेपालले एसियन कपमा छनोट हुन उत्तर कोरियालाई हराउनै पर्नेछ ।

प्रतिक्रिया