काठमाडौँ,१७ असार – उमेर १६ वर्ष २ सय ४९ दिन । एउटा दूर कर्णालीबाट नेपाली क्रिकेटको बागडोर नै सम्हाल्ने आँट । लिडरसिपमा सम्हालिँदै टिमलाई सफलता दिलाउन सक्ने खुबी, अर्थात् विपिन शर्मा । नेपाली क्रिकेटमा अहिले सर्वत्र चर्चाण्मा आउनुभएको खेलाडी ।
अहिले नेपाली पुरुष यू–१६ टोलीले एएफसी एसियन इस्ट जोन कपक्नुभएको छ । सानो उमेरमा ठुलो सफलता हात पार्नुभएका विपिनको क्रिकेट यात्रा दूर कर्णालीबाट सुरु भएको थियो । नेपाली क्रिकेटमा नयाँ प्रतिभाको आगमन निकै बढ्दै गइरहेको समयमा उहाँ एक उदाहरण बन्नुभएको छ ।
विपिन नेपालमा पहिलो पटक भएको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटबाट चर्चामा आएका हुन् । घरेलु क्रिकेटबाट चर्चामा आएका उनका लागि एनपीएल धेरै महत्त्वपूर्ण थियो । कर्णालीको सामान्य परिवारबाट क्रिकेटको यात्रा सुरु गरेका उनी ट्यालेन्ट हन्टमार्फत टिममा समावेश भएका ‘लोकल आइकोनिक’ प्लेयर थिए ।
प्रतियोतिगाको पहिलो सिजनमै उहाँले आफ्नो उत्कृष्ट खेल कौशल देखाउन सफल हुनुभयो । प्रतियोगितामा सात खेल खेल्दै १२ विकेट लिन सफल हुनुभयो । पहिलो सिजनमै प्रभाव जमाएका उहाँ एक पटक प्लेअर अफ दी म्याच पनि घोषित हुनुभयो ।
यू–१९ राष्ट्रिय प्रतियोगिता खेले पनि अक्सनमा कुनै टिममा नपर्नुभएका विपिन ट्यलेन्ट हन्टमार्फत आफ्नै क्षेत्रको फ्रेन्चाइज टिमबाट एनपीएल खेल्ने मौका पाउनुभएको थियो ।
कर्णालीको क्रिकेटमा आफ्नो पहिचान बनाउन सफल विपिनले कर्णालीको सिनियर र यू–१९ टिमबाट खेलिसक्नु भएको छ । उहाँले २०२४ मार्चमा विराटनगरमा भएको कोशी प्रदेश ट्रफी नेसनल टी–ट्वान्टी च्याम्पियनसिपमा कर्णाली प्रदेशबाट खेल्नुभएका थिए ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको उक्त राष्ट्रिय टी–ट्वान्टी प्रतियोगितामा उनले कोशी प्रदेशविरुद्ध एक विकेट लिएका थियो । त्यस्तै विपिनले नरेश मेमोरियल यू–१९ राष्ट्रिय प्रतियोगितामा कर्णालीको यू–१९ टिमबाट ६ खेलमा ११ विकेट लिनुभयो । बागमती र मधेश यू–१९ विरुद्ध उहाँले ४–४ विकेट लिनुभएको थियो ।
बायाँहाते स्पिनर विपिनले नेपालको सिनियर टिम सदस्य सोमपाल कामी गुल्सन झादेखि देव खनालसम्म अनि भारतीय स्टार शिखर धवन, ओमानका अलराउन्डर जिसान मक्सुदजस्ता अनुभवी खेलाडीसँग एकै सेटमा खेल्न पाउनुभयो ।
सिनियर टोलीमा अवसर
नेपाली क्रिकेटको इतिहासमा स्पिनरको जादु धेरै चल्ने गरेको छ । त्यसैमा विपिनले पनि अब आफ्नो पहिचान देखाउन सक्नुहुन्छ । यू–१६ टोलीलाई उपाधि जिताउन सके उहाँका लागि लिडरसिपको अवसर पनि हुनेछ ।द राष्ट्रिय टोलीमा हाल सन्दीप लामिछाने र ललित नारायण राजवंशी मुख्य स्पिनर हुनुहुन्छ । एनपीएल र पुरुष यू–१६ इस्ट जोनजस्ता पछिल्ला प्रतियोगितामा गरेको प्रदर्शन उहाँका लागि अपार सम्भावनाको बाटो बन्नेछ ।
जारी प्रतियोगितामै विपिनले इन्डोनेसियाविरुद्ध ७ दशमलव ३ ओभर बलिङ गर्दै ६ विकेट लिएर विपक्षी टिमलाई ध्वस्त बनाउनुभयो ।
त्यस्तै भुटानविरुद्ध १० ओभर बलिङ गरेर ६ मेडन ओभर फाल्दै ७ रन खर्चेर ४ विकेट लिनुभएकौ थियो ।
जापानविरुद्ध पनि उहाँले ८ दशमलव ३ ओभर बलिङ गर्दै २ मेडन ओभर फाल्नुभएको यिो । जहाँ उहाँलेले एक विकेट पनि हात पार्नु भएको थियो । पहिलो खेलमा सिंगापुरविरुद्ध १० ओभर बलिङ गरेर एक मेडन ओभरसँगै ३४ रन खर्चँदै ४ विकेट लिनुभएको थियो ।