मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

त्रिदेशीय टी–२० क्रिकेट शृंखला आजदेखि सुरु

आइतवार , आषाढ १, २०८२

काठमाडौँ, ०१ असार – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आजदेखि स्कटल्यान्डमा सुरु हुँदैछ। शृंखलाको उद्घाटन खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्स आमनेसामने हुनेछन्।

खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे ग्लास्गोमा सुरु हुनेछ। नेपालले प्रतियोगिताको पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। शृंखलाका लागि नेपाली टोलीमा दुई नयाँ अनुहारले स्थान बनाएका छन् – तीव्र गतिका बलर रुपेश सिंह र स्पिन अलराउन्डर किरण ठगुन्ना। अभ्यास खेलमा घाइते भएका अनुभवी खेलाडी सोमपाल कामी र गुलशन झा भने शृंखलाबाट बाहिरिएका छन्।

त्रिदेशीय शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन्। शृंखलाबाट नेपालले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारीको दृष्टिले महत्वपूर्ण अनुभव बटुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया