मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

फिफा क्लब विश्वकप २०२५ आजदेखि, ३२ टोली सहभागी हुँदै

शनिवार , जेठ ३२, २०८२

काठमाडौँ,३१ जेठ – फिफा क्लब विश्वकप २०२५ शनिबार राति अमेरिकामा शुरु हुँदैछ । यो वर्षको संस्करणमा ३२ टोली सहभागी हुँदैछन् ।

यससँगै अब फिफा वल्र्ड कप र क्लब वल्र्ड कपबीच समानता बनेको छ । यसले क्लब विश्वकपलाई एक अन्तर्राष्ट्रिय फुटबल महाकुम्भको रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।

प्रतियोगितामा ३२ क्लबलाई ८ समूहमा विभाजित गरेर खेलाउन थालिएको छ । प्रत्येक समूहमा रहने चार टोलीमध्ये शीर्ष २–२ टोली नकआउट चरणमा पुग्नेछन् । नेपाली समयअनुसार आइतवार बिहान पौने ६ बजे हुने उदघाटन खेलमा अल–अह्ली र इन्टर मियामीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको फाइनल खेल जुलाई १३ मा खेल हुनेछ । क्लब विश्वकपमा रियल म्याड्रिड, बायर्न म्युनिख, म्यानचेस्टर सिटी, इंटर मिलान जस्ता प्रमुख क्लबहरूको सहभागिता हुनेछ । नयाँ ढाँचाले क्लब फुटबलको प्रतिस्पर्धात्मकता र वैश्विक स्तरमा यसको महत्त्वलाई थप बल दिएको फिफाले दाबी गरेको छ ।

प्रतिक्रिया