मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

आईसीसी लिग–२ : आज स्कटल्यान्डसँग खेल्दै नेपाल

सोमवार , जेठ २०, २०८२

काठमाडौं , १९ जेठ - आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपाली क्रिकेट टिमले घरेलु टोली स्कटल्यान्डविरुद्ध चुनौती प्रस्तुत गर्दै छ । लिग–२ को जारी संस्करणमा खराब लयबाट गुज्रिरहेको नेपाल तालिकाको पुछारमा छ । नेपाली टिमले प्रतियोगितामा १२ खेल खेल्दा ६ अंक मात्र जोडेको छ । तालिकाको पुछारमा रहेको नेपालले हालसम्म दुई खेलमा मात्र जित निकालेको छ । नेपाली टिमले नवनियुक्त प्रशिक्षक स्टुअर्ट लको आगमनपछि आज पहिलो आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

तालिकाको चौथो स्थानमा रहेको स्कटल्यान्डले भने १६ खेलबाट २० अंक जोडको छ । स्कटल्यान्डको डुन्डीमा नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि यो खेल सुरु हुनेछ । स्कटल्यान्डमा आजैदेखि सुरु हुने यो त्रिदेशीय शृंखलामा घरेलु टोली, नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया