शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

गठबन्धनकै गढमा धिरजको अत्याधिक मत

सोमवार , चैत्र १०, २०८१

सिन्धुली– सिन्धुलीमा नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु) गढ भनिएकै क्याम्पसबाट पराजित भएको छ । जिल्लाको गौमती बहुमुखि क्याम्पसमा लगातार अनेरास्ववियुले स्ववियुको नेतृत्व गरिरहेपनि शनिबार भएको चुनावमा हार व्यहोरेको छ । आफ्नो गढ भनिएकै क्याम्पसमा अर्को पार्टीसँग गठबन्धन गर्दा समेत एमाले समबद्ध अनेरास्ववियु पराजित हुन पुग्यो । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त प्यानलबाट उम्मेद्वारी खडा गरेपनि दुई पार्टीबिच तालमेल नमिल्दा सभापतिसहित सचिवमा जित निकाल्न सकेन । एक्लै बलियो रहेको अनेरास्ववियुले अखिल क्रान्तिकारीसँग गठबन्धन गरेपछि आफ्नो पक्षमा माहोल नबनेको अनेरास्ववियुकै नेताहरुको आरोप छ । जसको फाइदा नेपाली कांग्रेस निकट नेपाली विद्यार्थी संघले लिन सफल भयो । यतिसम्म कि गठबन्धनकै मत प्राप्त गर्दै नेविसंघले जित हासिल गर्यो ।

नेविसंघबाट सचिवको उम्मेद्वार बनेर विजयी हुनुभएका धिरज जैसवालले अनेरास्ववियुको गढमा जित्नु ठूलो उपलब्धि भएको बताउनुहुन्छ । १९ जना उम्मेद्वार मध्य सबैभन्दा बढि मत प्राप्त गर्नुभएको जैसवालले भन्नुभयो, ‘विद्यार्थीले पार्टीप्रति आस्था राख्नु स्वभाविक हो । तर, जो क्याम्पस र विद्यार्थीसँग नजिक हुन्छ उसैले मत पाउने हो ।’ जैसवालले कुल मतको ५३ प्रतिशत मत अर्थात १५९ मत प्राप्त गर्दै सचिवमा निर्वाचित हुनुभएको हो । गौमतीमा नेविसंघको विकाश तामाङ सभापतिमा निर्वाचित हुनुभएको छ ।

यसअघि, २०७३ सालमा अनेरास्ववियुका उज्जवल कुमार कार्की स्ववियुमा निर्वाचित हुनुभएको थियो भने गत २०७९ को चुनावमा प्रज्वल तिमल्सिना निर्विरोध निर्वाचित हुनुभएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया