शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीकै सर्वाधिक धनराशिको प्रतियोगिता शुरु

बिहिवार , कार्तिक १६, २०८०

सिन्धुली– सिन्धुली जिल्लामा आयोजना भएका अहिलेसम्मका खेलकुदहरुमा सबैभन्दा ठूलो धनरासीको पुरस्कार भएको सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिताको चौथो संस्करण बुधबारबाट कमलामाई नगरपालिका वडा नं. ९ भिमानस्थित सिर्जना जनजागृति माध्यमिक विद्यालय भिमानको खेल मैदानमा सुरु भएको छ ।

इनारपानी युवा क्लब भिमानको आयोजना तथा कमलामाई नगरपालिका सिन्धुलीको प्रायोजनमा संचालित प्रतियोगिताको उद्घाटन खेलम प्रहरी तालिम केन्द्र दुधौली विजयी भएको छ । आयोजक इनारपानी युवा क्लब ‘ए’ लाई ३–१ गोलको अन्तरले पराजित गर्दै प्रहरी तालिम केन्द्र दुधौलीले शुरुवाति जित निकालेको छ ।

प्रतियोगिताको उद्घाटन सहिद ऋषिराज देवकोटा (आजाद) को परिवार तथा कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले गर्नुभएको थियो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । खेल कार्तिक २५ गतेसम्म चल्ने आयोजकले जनाएको छ । बिहिबार (आज) दिउँसो २ बजे ब्लुअल्पाईन क्लब सिन्धुली र चुरे चाँदनी युवा क्लब चुरे धनुषाबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेतालाई १ लाख २५ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै, उत्कृष्ठ खेलाडिलाई ५ हजार रुपैँया, सर्वाधिक गोल कर्ता र उत्कृष्ठ गोल रक्षकलाई ३ हजार रुपैँयासहित कप, मेडल र प्रमाणपत्र र म्यान अफ द म्याचलाई मेडल प्रदान गरिने छ ।

२०७६ सालदेखि शुरु भएको आजाद स्मृति फुटबल प्रतियोगिताको पहिलो संस्करणमा ललितपुर इमाडोल क्लब विजयी भएको थियो । त्यस्तै, २०७७ मा भएको दोश्रो संस्करणमा बर्दिबास युवा क्लब र २०७९ मा भएको तेश्रो संस्करणमा ब्लुअल्पाईन क्लबले उपाधि उचाल्न सफल भएको सुविधा नगर क्लबका उपाध्यक्ष अर्पण थापाले बताउनुभयो ।

प्रतिक्रिया