बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

वैकल्पिक शिक्षाको व्यवस्था गर

सोमवार , जेठ २२, २०८०

गर्मि बढेसँगै सिन्धुलीका केहि स्थानिय तहले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । शिक्षा क्षेत्रमा वर्षेनि करोडौँको बजेट छुट्याइएपनि वैकल्पिक शिक्षाको व्यवस्थापन गर्न स्थानिय तह चुकेको छ । जिल्लामा कोभिड १९ को महामारिको बेला भर्चुअल पद्धतिबाट संस्थागत तथा सामुदायिक विद्यालयले शैक्षिक कार्यक्रम संचालन गरेका थिए । भर्चुअल र प्रत्यक्ष शिक्षण पद्धति दुवैलाई मिलाएर लैजान सके महामारि लगायत विपद्ले विद्यार्थीको सिकाइमा ठूलो असर पुर्‍याउन सक्दैन । वैकल्पिक शिक्षाका रूपमा रेडियो, टिभी र इन्टरनेटबाट दिइने अनलाइन/अफलाइन पद्धतिलाई जोड दिन स्थानिय तहले दिर्घकालिन कार्यक्रम संचालन गर्न जरुरी छ । सामुदायिक विद्यालयका अधिकांश विद्यार्थीको प्रविधिमा सहज पहुँच छैन । शैक्षिक संस्थामा प्रविधिको प्रयोग बढाउन राज्यले करोडौँ खर्च गरेपनि निजि विद्यालयको तुलनामा सामुदायिक विद्यालयले प्रविधिलाई अपनाउन सकेको छैन । तसर्थ, स्थानिय तहको मातहतमा रहेको शैक्षिक संस्थामा वैकल्पिक शिक्षण पद्धतिलाई निरन्तरता दिन राज्यको संयन्त्र गम्भिर हुन जरुरी छ ।

सूचना तथा सञ्चार प्रविधिको प्रयोगसँग विद्यार्थीहरुलाई विद्यालयमा जम्मा गरेर शिक्षा प्रदान गर्नु भन्दा घरमा गरिने सिकाई, रेडियो/एफ.एम. शिक्षा, टेलिभिजनद्वारा लिइने शिक्षा, अनलाइन/भर्चुअल कक्षा, अफलाइन, खुल्ला तथा दुर शिक्षा, सो अध्ययन, जान्ने व्यक्तिबाट सोधपुछ गरी हुने वैकल्पिक विधिहरुको माध्यमद्वारा गुणस्तरिय, भरपर्दो तथा जीवनोपयोगी वैकल्पिक शिक्षण सिकाइ गर्नु र गराउनु आजको माग हो । तसर्थ, जिल्लाका शैक्षिक संस्था एवं सरोकारवाला निकायले वैकल्पिक शिक्षण सिकाईलाई प्राथमिकतामा राख्दै दिर्घकालि योजना बनाएर प्रभावकारी कदम चाल्नतर्फ विशेष जोड दिन जरुरी छ

प्रतिक्रिया