सिन्धुली– ग्याँँस सिलिण्डर विक्रीबापत विक्रेताले पाउने कमिसन घट्दै गएपछि घाटामा व्यापार गर्न नसकिने भन्दै थोरै रकम वृद्धिको लागि बुधबार व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका छन् । पछिल्लो समय नेपाल आयल निगमबाट प्रति सिलिण्डर २५ रुपैंया बढाएर एक हजार छ सय कायम भई बजारमा विक्री ह“ुदै आएकोमा विक्रेताले पाउने कमिसन घटेकाले ३० रुपैंया“ बढाउनका लागि ज्ञापन पत्रमा माग गरिएको छ । ग्याँँस विक्रेताले प्रति सिलिण्डर ५० रुपैंया कमिसन पाउ“दै आएकोमा सबै ग्याँँस उत्पादक कम्पनीले घटाएर ४२ रुपैंया“माझारेका छन् ।
ग्याँसको मूल्य ६ सय हुदादेखि नै ग्याँसमाव्यवसायीले प्रतिसिलिण्डर ५० रुपैंया कमिसनपाउदै आएकोमाभाउवृद्धि भइएकहजार ६सय रुपैंया पुग्दालगानी बढेकाले कमिसन बढ्नु पर्नेमाझनघटेकाले घाटामा व्यापार गर्न नसकिने सदरमुकाम सिन्धुलीमाडीका १७जनाग्याँस व्यवसायीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा जनाइएको छ । यस अघि लोड अनलोड समेत कम्पनीबाट व्यहोरिदै आएकोमा हाल आएर व्यवसायी आफैंले व्यहोर्नु पर्दा थप मार परेको भन्दै ग्याँस सहितको प्रति सिलिण्डर चारहजार एक सय लगानी हुने ज्ञापनपत्रमा जनाइएको छ ।
व्यवसायीले पाउने कमिसनमा लोड अनलोड १० रुपैया, मुल्य अभिवृद्धि कर (भ्याट) ६ रुपैया २० पैसा,लेखा परिक्षण २ रुपैंया र घरभाडा औसतमा ८ रुपैया गर्दा २६ रुपैंया २० पैसा खर्च हुने भएकाले प्रति सिलिण्डर १५ रुपैया“ ८० पैसामा काम गर्न नसकिने कमलामाई ५ का व्यवसाायी दिगम्वर चौधरी ले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । चौधरीका अनुसार ३० रुपैंया“ बढि लिएर विक्री गर्दा व्यवसायी लाई ४५ रुपैंया“ ८० पैसा कमिसन हुने भएकाले जसो तसो धान्न सकिन्छ ।
घाटामा गएर व्यवसायीले व्यापार नगर्ने भन्दै मागहरु व्यवास्ता गरिए विक्री ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् । ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ ऋिद्धिप्रकाश सिटौलाले मागहरु जायज भएपनि बढि मूल्यमा विक्री गर्न सहमती दिन नसकिने भन्दै प्रजिअ समक्ष ज्ञापनपत्र पेश गर्ने वचन दिनु भयो । सिन्धुलीमा एक महिनामा १० हजार सिलिण्डर ग्याँस खपतहुने गरेको व्यवसायीले जनाएका छन् ।