बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

२०७८ साल चैत्र १८ गते शुक्रवारको सिन्धुलीका मुख्य समाचार हरु

शनिवार , चैत्र १९, २०७८

मरिण गाउँपालिकाले अनुदानमा सामाग्रीहरु वितरण

सिन्धुली, – सिन्धुलीको मरिण गाउँपालिकाको वडा नं. ६ ले अनुदानमा वडाका नागरिकहरुलाई विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।

वडाले किसानलाई हाते ट्याक्टर, विद्युत नपुगेका ठाउँका नागरिकलाई सोलार सेट, धान कुट्ने, मकै पिस्ने मिल र पानी तान्ने मोटर अनुदानमा वितरण गरेको हो ।

वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरेर कपिलाकोटका ७ घर परिवारलाई सोलार सेट, ४ जनालाई कुटान पिसान मिल, एक जना किसानलाई हाते ट्याक्टर र पानी तान्ने मोटर ७० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष पानीराज बम्जन, उपाध्यक्ष संगिता माझी,प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, वडाअध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो ।

कमलामाई नगरपालिकाको बिद्यालयमा अभिमुखिकरण

सिन्धुली,– सिन्धुलीको कमलामाई नगरपालिकाको २६ वटै बिद्यालयमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । अष्ट्रेलियन सरकार र डि फ्याटको आर्थिक सहयोगमा शिक्षामा स्स्थायित्व अभिबृद्धि परियोजना अन्तर्गत बिद्यालयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । कमलामाई नगरपालिका सिन्धुलीको साझेदारीमा नगरपालिका भित्रका २६ वटै माध्यामिक बिद्यालयहरुमा अभिभावक अभिमसखिकरण कार्यक्रम सम्पन गरिएको हो ।

उक्त कार्यक्रममा , बिद्यालयको पठनपाठनको शैक्षिक गुणस्तर र बिद्यार्थीको शैक्षिक उपस्थिती लगायत बिद्यालयलाई कसरी नमुना बनाउने भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको रिड नेपालका एजुकेशन फिल्ड अफिसर शोभा श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच एकदिने सेक्स्युयल एन्ड रिप्रोडक्टिभ हेल्थ टु द स्टुडेन्ट्स अभिमुखी कार्यक्रम पनि सम्पन्न गरिएको पि नगरपालिकाका २६ वटै माध्यामिक बिद्यालयमा सम्पन्न गरिएको श्रेष्ठले जानकारी दिनुभयो । बिभिन्न बिषयबस्तु जस्तै महिनावारी स्वच्छता , फोहोरमैला ब्यवस्थापन ,चाडो बिवाह गर्दाको परिणाम ,बिशोरावस्थाको परिवर्तनको बारेमा छलफल गरिएको थियो ।

किशोरावस्थामा आउने परिवर्तनप्रति आफू संयमित भएर शैक्षिक कार्यलाई अगाडि बढाउन किशोरीहरुलाई अनुरोध गरिएको रिड नेपालका शिक्षा एजुकेशन फिल्ड अफिसर शोभा श्रेष्ठले जानकारी दिनुभयो । एकदिने अभिभावक अभिमुखिकरण र सेक्स्युयल एन्ड रिप्रोडक्टिभ हेल्थ टु द स्टुडेन्ट्स अभिमुखीकरण सम्पन्न गरिएको हो । यस कार्यक्रम प्रत्येक बिद्यालयको ब्यवस्थापन समितका अध्यक्षको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

सिन्धुलीको कमलामाई नगरपालिकाको २६ वटै बिद्यालयका अभिभावक संघका बिभिन्न पदाधिकारी अभिभावक , प्रधानाध्यापक सम्पुर्ण शिक्षकहरुसंग अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको रिड नेपालका एजुकेशन फिल्ड अफिसर शोभा श्रेष्ठले जानकारी दिनुभयो ।

।

कमलामाईमा पनि काँग्रेसको उम्मेदबार सर्वसम्मत

सिन्धुली – यही वैशाख ३० गते शुक्रवारको दिन हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ७ मा वडाध्यक्षको उम्मेद्बार सर्वसम्मत टुंग्याएको छ ।

पार्टीको राजनीतिमा करिब बिसौँ वर्ष देखि संलग्न रहेका मुन्ना बम्जनलाई लाई शुक्रवार बसेको नेपाली काँग्रेस कमलामाई नगरपालिका वडा नं ७ को बैठकले सर्वसम्मत वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो । बम्जन कमलामाई नगरपालिका वडा नं. ७ को प्रा बि थाक्ले डाडामालामो समय अस्थायी शिक्षक नियुक्त भै त्यही बाट सेवा निबृत हुनु भएको हो ।

वडाध्यक्षको लागि लोकप्रिय उम्मेदबार भएको भन्दै काँग्रेसले बम्जनलाई अगाडी बढाएको हो । २०७४ को निर्वाचनमा यस वडामा एमालेको उम्वेवार कर्णबहादुर घिसिङ बिजयी हुनु भएको थियो । कार्यक्रममा काँग्रेस नेता कमलाई नगरपालिकाका र वडा नं ७ का नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

तिनपाटन गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम

सिन्धुली, – सिन्धुलीको तिनपाटन गाउँपालिकाका वडा सचिव तथा अन्य स्वयमसेवक हरुको लागि १ दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोबासीहरुले जग्गा प्राप्तीका लागि दिनुपर्ने निवेदनमा उल्लेख गर्नुपर्ने विषयहरु र अन्य प्रक्रिया बारेमा जानकारी गराउने उदेश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोबास गर्नेहरुले जग्गाको लालपुर्जा प्राप्त गर्नको लागि फारम भर्दा संल्गन गर्नुपर्ने कागजात, राख्नुपर्ने अभिलेख भूमि आयोगको प्रक्रिया हरुको बिषयमा कार्यक्रममा जानकारी गराइएको तिनपाटन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्कीले जानकारी दिनुभयो ।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका सबै वडाका सचिव तथा स्वयमसेवक हरु गरि २९ जनाको सहभागिता रहेको थियो । जिल्लामा भुमी आयोग गठन भए संगै भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोबास गर्नेहरुको अभिलेख राख्ने काम धमाधम भइरहेको र जग्गाधनी पुर्जा बितरण गर्ने तयारी भइरहेको छ ।

फिक्कलमा एमालेको यूथ फोर्स गठन

सिन्धुली –नेपाल कम्युनिष्ट पार्टी (एमाले) को फिक्कल गाउँपालिकामा यूथ फोर्स विभाग गठन गरिएको छ । शुक्रबार भएको गाउँपालिका स्तरीय भेलाबाट गाउँपालिका स्तरीय यूथ फोर्स विभागको प्रमुखमा आई बहादुर रार्ईको नेतृवमा ५१ सदस्य यूथ फोर्स विभाग गठन गरिएको राष्ट्रिय युवा संघका जिल्ला इन्चार्ज देवराज बाईवाले जानकारी दिनुभयो ।

शुक्रबार फिक्कलमा राष्ट्रिय युवा संघ नेपालले फिक्कल गाउँपालिका स्तरीय युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि यूथ फोर्सलाई ब्युँताएको इन्चार्ज वाइबाले बताउनुभयो । यूथ फोर्स अहिले जन्मिएको छ । यसले नेकपा एमालेको सिद्धान्त विचारको रक्षा गर्नेछ । जनताको बहुदलीय जनवादको प्रयोग गर्ने सन्दर्भमा, यसलाई रक्षा गर्ने सन्दर्भमा र यसलाई विस्तार गर्ने सन्दर्भमा यूथ फोर्सले महत्वपूर्ण भूमिका खेल्ने वाइबाले बताउनुभयो ।

वाइबाले यूथ फोर्सलाई नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिनुभयो । एमाले विरुद्ध भ्रम छर्नेहरु विरुद्ध सही सन्देश दिने काममा भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो ।

निर्वाचनमा यूथ फोर्सको पनि सुरक्षा “वान बुथ फिप्टि यूथ” परिचालन गरिने भएकाले हरेक बुथमा युवालाई तयारी अवस्था बस्न पनि निर्देशन दिनुभयो ।

युवाहरूलाई चुनावी तयारीमा लाग्न र नेकपा एमालेका हरेक उम्मेदवारहरूलाई निर्वाचित गराउने रणनीतिमा लाग्न बागमती प्रदेश कमिटि सदस्य प्रदीप कटुवाल, धनबहादुर कार्की, जिल्ला कमिटि उपाध्यक्ष कर्ण घिसिङ जिल्ला सदस्य राजु बराल, खड्ग रजन धिरज, पार्वती सुनुवार लगायतले प्रशिक्षण दिनुभएको थियो । “मेरो वडा म जिताउँछु, हाम्रो पालिका हामी जिताउँछौ’ भन्ने नारा सहित जिल्लामा चुनाव प्रचार प्रसारमा लाग्न समेत आग्रह गरेका थिए ।

पदाधिकारीलाई शपथग्रहण

यसैगरी नेकपा (एमाले) तीनपाटन गाउँपालिका वडा नम्बर –९ को वडा कमिटि भित्रका टोल कमिटीहरुका पदाधिकारीहरूले शुक्रबार शपथ ग्रहण गरेका छन् । पदाधिकारीहरूलाई वडा कमिटी अध्यक्ष कुलमणि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज गणेश कुमार पहाडीले शपथ ग्रहण गराउनु भएको थियो ।

शपथग्रहण कार्यक्रममा नेकपा (एमाले) सिन्धुली जिल्ला कमिटी अध्यक्ष रामकुमार र कार्की, जिल्ला कमिटी सदस्य शंकर कार्की, नेकपा एमाले तीनपाटन गाउँ कमिटी अध्यक्ष छत्र दाहाल, राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य तथा निर्वाचन आयोग कमिटी सदस्य राजु धमला, गाउँ कमिटि सचिव पदममाया तामाङ, उपसचिव वरुण घिमिरे लगायतले जिम्मेवारी पाउनेलाई बधाई दिएका थिए ।

गाउँ–टोलमा नेकपा एमाले प्रति जनलहर बढेकाले स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई जिताउने गरि प्रचार प्रसारमा लाग्न आग्रह गरिएको थियो ।

प्रतिक्रिया