सिन्धुली – सिन्धुलीकोे मरिण गाउँपालिका वडा नम्बर ३ मा खानेपानी ट्यांकी शिलान्यास गरिएको छ । आईतबार मरिण गाँउपालिकाका अध्यक्ष पानीराज बम्जन र बाग्मती प्रदेशका सदस्य बुद्दिमान माझीले वडा नम्बर ३ को नक्कली, मथौली ,चनौटेमा छुट्टाछुटै खानेपानी पानीट्याङकीको शिलान्यास गर्नु भएको हो ।
मरिण गाँउपालिका र स्वस्थको लागी खानेपानी (नेवा)को आर्थिक सहयोग वडा नम्बर ३ नक्कलीमा ३२ लाख, मथौलीमा ८० लाख र चनौटेमा ६० लाख कुल लागतमा पानीट्यांकीको निर्माण हुन लागेको हो ।
०७९ वैशाख महिना सम्म खानेपानी ट्यांकी निर्माण भैसक्ने मरिण गाँउपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । उहाँले खानेपानी ट्याङकी समयमै निर्माण गर्न निर्माण व्यवसायीलाई समेत आग्रह गर्नुभयो । साथै उहाँले ट्यांकी निर्माण भएसँगै नक्कली, मथौली र चनौटेबासीलाई खानेपानीको समस्या नहुने बताउनुभयो ।