शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एक वोतल निगार सगुन चढाएर मुख्यमन्त्रिद्वारा सिन्धुलीमा पुलको शिलान्यास

आइतवार , मंसिर १९, २०७८

सिन्धुली, – हरिहरपुरगढी गाउँपालिका वडा नं. २ बख्फर र ४ हाकपारा जोड्ने मरिण खोलामा पक्की पुल शनिवार शिलान्यास गरिएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ हाकपारामा बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले वोतलमा ल्याएको निगार रक्सी सगुन चढाएर पुलको शिलान्यास गर्नु भएको थियो । लामा गुरु रुपबहादुर लामाले पुलनिर्माण सफलताको लागि भुमिपति पुजामा सगुन चढाउन भनेर दिएपछि पाण्डेले एक बोतल निगार पुलको जग राख्ने खाल्डामा चढाउनु भएको थियो ।

शिलान्यास कार्यक्रममा बौल्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश भित्रका १३ जिल्लाका १ सय १९ वटा पालिकाबाट दलित, लोपोन्मुल र अल्पसंख्यकलाई प्राथमिकता दिने गरि प्रत्येक पालिकाबाट एक÷एक जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने निर्णय गरि सकेको बताउनु भयो ।

उहाँले प्रत्येक पालिकाबाट बागमती प्रदेश सरकारले ३ बर्षे प्राविधिक शिक्षा प्रत्येक पालिकाबाट १÷१ जनालाई पढाउने बताउनु भयो । “हामीले जुन पालिकाबाट पढाएका हौ, त्यहि पालिकामा सेवा गर्ने गरि जुनियर इन्जिनियर नर्स कम्युटर टेक्निसियन लगायत निशुल्क प्राविधिक शिक्षा दिने व्यवस्था मिलाउन लागेका हौ,” उहाँले भन्नु भयो । मुख्यमन्त्री पाण्डेले प्रदेश भरीका सामुदायिक विद्यालयबाट एसइइ उर्तिण गरेका छोरीहरुलाई सामुदायिक विद्यालयमै पढ्न चाहेमा दश प्लस टु, स्नातक तथा डिग्री सम्म छात्राबृत्ति दिएर पढाउने लक्ष्य राखेको जानकारी दिनु भयो ।

“बिकास निर्माणको बजेट दुरुपयोग हुन नदिन नियमित अनुगमन महत्वपुर्ण हुन्छ” उहाँले भन्नु भयो, । विकास योजनाको नियमित अनुगमन गर्नका लागि प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयबाटै योजनाको अनुगमन गर्ने ब्यवस्था गर्ने उहाँले बताउनु भयो। निर्वाचित जनप्रतिनिधिले समेत योजनालाई नियमित अनुगमन गरे गुणस्तरिय विकास हुने उहाँको धारण थियो ।

जनताको काम सात दिन भित्र गरि सक्ने परिपाटीको विकास पनि बाग्मती प्रदेस सरकारले गर्न लागेको भन्दै उहाँले कुनै पनि जनताले प्रदेशका कार्यालय भित्र गएर दिएको निबेदन सातदिन भित्र कार्यान्वयन भएन भने के कारणले भएन ? भन्ने स्पष्टिकरण सहित कार्यान्वयन नगर्ने कर्मचारीलाई कारबाही गर्ने उहाँँले चेतावनी दिनु भयो । “कुनै पनि काम भोली गरौला भन्ने होईन, भोली त तपाँईको जिन्दगीकै ठेगान छैन,” उहाँले भन्नु भयो “त्यसैले भोली भनेर पर्खिने होईन, आजैबाट गर्ने हो,।”

उहाँले पुल बनाउन राजनीतिक दल, स्थानीयबासी र जनप्रतिनिधि सबैको सहयोग आवश्यक पर्ने चर्चा गर्दै तोकिएको समयभित्र पुल निर्माण हुनेमा आफु आशाबादी रहेको बताउनु भयो ।

वाग्मतीकरिडोरबाट काठमाडौंसम्ममालवाहक रेल संचालनको अबधारणा आफुले ल्याउनलागेको पाण्डेले सुनाउनु भयो । ढुवानीमा वार्षिक खर्चहुने ८० अर्व भन्दा बढि रकम त्यसबाट बचत हुने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

बाग्मती प्रदेस सरकारको १९ करोड २४ लाख ४१ हजार ८१७ रुपैया ६३ पैसामा निर्माण सुरु भएको उक्त पुल निर्माणको जिम्मा हिम्दुंग र थोकर इम्मानुयल सारस जेभीले पाएको छ । २०७८ साल असार २२ गते सम्झौता गरि २०७९ साल पुस २२ गतेसम्म निर्माण सक्ने गरि सम्झौता भएको उक्त पुलको लम्बाई २६२ दशमलब ४० मिटर लामो रहेको बागमती प्रदेश भौतिक पुर्वाधार मन्त्रालयका सचिव असोक कुमार साहले बताउनु भयो । पुलको कुल चौडाई आठ दशमलब चार मिटर रहेको छ भने पुलको दायाबाँया एक दशमलब दुई मिटर फुटपाथ रहने छ । स्पान संख्या पाँच वटा रहेको छ । उक्त पुल बागमती प्रदेश सरकारले बनाएको पहिलो लामो पुल भएको सचिब साहले जनाए ।

प्रतिक्रिया