शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सोह्र श्राद्धमा सिन्धुलीमा मासुको व्यापार घट्यो

आइतवार , आश्विन १७, २०७८

सिन्धुली –हिन्दु धर्ममालम्वीहरुले पितृ सम्झदै गरीने सोह्रश्राद्धमा मासुको ब्यापार घटेको छ भने तरकारीको माग बढेको छ । आफ्ना पितृहरुलाई सम्झदै सोह्रश्राद्धमा माछामासु र लसुन प्याजलाई बार्ने गर्दछन् । अहिले बजारमा मासुको माग ह्वातै घटेको छ । मासुको कारोबार राम्रो हुने सिन्धुलीमाढी बजारमा अहिले घटेको व्यबसायी बताउछन् ।

मासुको माग घटेसँगै व्यापारमा कमी आएको कमलामाई नगरपालिका ७ योगी मिट हाउसका संचालक रेशम योगीले बताउनुभयो । “पहिला मासु दिनको १५ केजि देखी २० केजि सम्म विक्रि हुने थियो” उहाँले भन्नुभयो, “अहिले दैनिक मासुको कारोबार पुरै घटेको छ ।” अहिले व्यापार घटेर दिनमा बढीमा १० केजी मात्र विक्रि हुने गरेको छ । मासुको व्यापार घटे पछि धेरै घाटा भएको योगीले बताउनुभयो । दैनिक ३० केजि सम्म बिक्रि हुने मासु अहिले घटेर दिनमा १५ केजि सम्म मात्र विक्रि हुने गरेको अर्का मासु व्यापारी कमलामाई नगरपालिका ७ की शर्मिला बस्नेतले बताउनुभयो । “पहिले ३० केजि सम्म मासु विक्रि हुन्थ्यो , अहिले त १५ केजि नि हुन्न । धेरै घटेको छ मासुको व्यापार । सोह्रश्रद्धा लागे पछि मासुको व्यापार छैन ।” बस्नेतले भन्नुभयो ।

कोरोना कहर बिच थला परेको व्यपार उम्कीन थलेपछि सोह्रश्राद्ध संगै मासुमाछा कारोबारी व्यबसायी मारमा परेका छन् । श्राद्ध सकिय संगै मासुको कारोबार बढ्ने आशा मासु व्यापारीले लिएका छन् । मासुको कारोबार घटेपनि शाकाहारी बस्तुहरुको कारोबार भने बढेको छ । अहिले तरकारी तथा डेरी पसलमा भिडिभाड देखिन्छ । अहिले तरकारीको माग ह्वातै बढेको सिन्धुलीमाढीका एक तरकारी व्यापारीले बताउनुभयो । अहिले आफ्नो कारोवार दोब्बरले बढेको उहाँको भनाई छ । पहिले दैनिक दुई हजार जतिको हुने तरकारीको कारोवार अहिले ५ हजार सम्म पुग्ने गरेको उहाँको भनाइ छ ।

अहिले बजारमा तरकारीको मुल्य समेत बढेको छ । अहिले तरकारीमा सबै भन्दा बढी बेचिने आलु र काक्रा रहेको तरकारी व्यवसायीले बताउँछन् । सोह्र श्राद्धमा रेष्टुरेन्टमा पनि मांशाहारीको कारोबारमा कमी आउने गरेको सिन्धुलीका होटेल व्यवसायीले बताएका छन् ।

सिन्धुलीमाढीका एक होटल व्यवसायिले भन्नुभयो, “सोह्र श्राद्धमा टिनएजरलाई त्यति फरक नपरे पनि अलि उमेर छिप्पिएका व्यक्तिहरु भने अहिले पनि ननभेजका परिकार खान मान्दैनन् । अहिले मांशहारीमा ५० प्रतिशतले व्यापारमा कमी आएको छ ।”

प्रतिक्रिया