शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा महाधिवेशनको माहोलः क्षमतावान उम्मेदवारसँग आशावान कांग्रेसि

मंगलवार , भाद्र २९, २०७८

सिन्धुली– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले अहिले नेपाली राजनिति तताएको छ । केन्द्र देखि स्थानिय तहसम्म कांग्रेसको नेतृत्व कस्ले लिने भनेर चर्चा भइरहेकोबेला सिन्धुलीमा कस्ता प्रतिनिधिहरु चुनिने हुन् भन्ने बहस पनि चलिरहेको छ । वडा अधिवेशन सम्पन्न भइसकेको अवस्थामा अन्य तहको चुनावकालागि प्रतिस्पर्धिहरुको दौडधुप बढेको छ । सिन्धुलीमा कांग्रेसजनबिच सामाजिक संजालदेखि चिया पसलसम्म कस्ले कस्लाई कसरी जिताउने र हराउने भन्ने छलफल चलिरहेको छ ।

१४ औँ महाधिवेशनकालागि केहि आशावान अनुहार देखिएका छन् जो कांग्रेसीबिच लोकप्रिय पात्रका रुपमा गनिन्छन् । सिन्धुलीमा युवाहरुको उम्मद्वारीले झनै चुनावलाई रोमाञ्चक बनाइरहेको छ । कांग्रेसको चुनावले जिल्लाका युवाहरुमा पनि राजनितितर्फ आकर्षण बढाएको छ । जिल्लाको सभापतिमा उम्मेद्वारी दिनुभएका उपेन्द्र पोख्रेल, उपसभापतिका उम्मेद्वार सुवाष केसि, क्षेत्र नम्बर २ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा उम्मेद्वारी दिनुभएका अशिम जंग थापा, क्षेत्र नम्बर १ बाट केन्द्रिय प्रतिनिधिको रुपमा उम्मेद्वारी दिनुभएका मुकेश घिमिरे लगायत केहि क्षमतावान् उम्मेद्वारबाट सिन्धुलीको राजनितिले धेरै अपेक्षा राखेको छ । अध्ययनशिल, संगठन मजुबत बनाउन स्पष्ट दृष्टिकोण भएका, राजनितिक खिचातानिलाई नजिकबाट निहालेका, स्थानिय तह र जिल्लामा जनप्रतिनिधि र दलको भुमिकाका बारेमा ज्ञान संचित गरेका उम्मेद्वार सक्रिय राजनितिमा लाग्नु समग्र जिल्लाकैलागि लाभदायक रहेको राजनितिकर्मिहरुले बताउदेैँ आएका छन् । जुनसुकै पार्टीमा पनि अनुभवि र राजनिति सुदृढिकरण गर्न लागिपरेका उम्मेद्वारलाई राजनितिको खुड्किला चढ्न सबैले सहयोग गर्नुपर्ने पुराना कम्युनिष्ट नेतृ इन्दिरा रायमाझीले बताउनुभयो । १४ औँ महाधिवेशनमा वडा हुदैँ केन्द्रसम्म सिन्धुलीको प्रतिनिधित्व गर्ने व्यक्ति अध्ययनशिल, रचनात्मक उच्च विचारका धनि र सबैलाई समावेश गरेर अघि बढ्न सक्ने हुनुपर्ने र त्यस्ता व्यक्तिलाई सबैले नेतृत्वमा पु¥याउन सहयोग गर्नुपर्ने रायमाझी बताउनुुहुन्छ ।

अशिम जंग थापा

सिन्धुलीको दुईवटा क्षेत्रबाट २५/२५ जनासहित ५० जना केन्द्रिय महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ । यहि दौडमा क्षेत्र नम्बर २ बाट खुल्लातर्फ महाधिवेशन प्रतिनिधिमा राजनैतिक पृष्ठभुमि बलियो भएका अशिम जंग थापाले उम्मेद्ववारी दिनुभएको छ । जिल्ला पञ्चायत सिन्धुलीको दुई कार्यकाल सभापतिका रुपमा व्यतित गर्नुभएको जनताद्वारा निर्वाचित पुर्व सभासद् टिकाजंग थापाका छोरा अशिमको उम्मेद्वारी जिल्लामा कांग्रेस सुदृढिकरणकालागि मजबुत कदम भएको विश्वास कांग्रेसका नेता, कार्यकर्ताले लिएका छन् ।

विश्वका २५ वटा भन्दा बढि राष्ट्र घुमिसक्नुभएका अशिमको शैक्षिक योग्यतापनि उत्तिकै लोभलाग्दो छ । अष्ट्रलियाबाट ‘डिप्लोमा इन हस्पिटालिटि’ अध्ययन गर्नुभएको थापा नेपाल विश्व सम्बन्ध परिषदको निर्वाचित महासचिव पनि हुनुहुन्छ । पछिल्लो तीन वर्षयता सिन्धुलीको राजनितिसँग निकै निकट हुनुभएको थापाले नेपाली कांग्रेसको सिद्धान्त, जिल्लाको राजनैतिक अवस्था लगायत राजनितिप्रति युवाहरुको आकर्षण बढाउन गाउँगाउँमा प्रशिक्षण कार्यक्रमहरुमा सहभागि भइरहनुभएको छ ।

सिन्धुलीको मरिण गाउँपालिकामा नेपाली कांग्रेसको स्थिति दयनिय छ । मरिणको वडा देखि गाउँपालिकासम्म कांग्रेसबाट निर्वाचित कुनैपनि जनप्रतिनिधि छैनन् । कांग्रेसको निकै कमजोर स्थिति रहेको मरिणको वडाबाट क्षेत्रिय प्रतिनिधि हुदैँ महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बन्नुभएका थापालाई कांग्रेसबाटै संगठन बलियो बनाउन कतिको सहयोग मिल्छ त्यो भने आगामी चुनावले देखाउनेनै छ । कमलको फुल जस्तै हिलोमा फुल्न सक्ने, अध्यारोमा फक्रीन सक्ने र चम्किन सक्ने क्षमता भएका उम्मेद्वारलाई कांग्रेस नेता तथा कार्यकर्ताले पहिचान गर्न सक्छन्/सक्दैनन् त्यो भने हेर्न बाँकी नै छ ।

ओम विक्रम खत्रि (सुवाष केसी)

२०४६ साल देखि प्रत्यक्ष रुपमा राजनितिमा लाग्नुभएका ओम विक्रम खत्रि (सुवाष केसी) जिल्लाको उपसभापतिको उम्मेद्वार हुनुहुन्छ । नेपाल विद्यार्थी संघको सदस्य हुदैँ २०५६ सालमा तरुण दलको सचिव र कार्यवाहक अध्यक्ष समेत रहनुभएका केसीलाई चिन्ने नजिकका नेता तथा कार्यकर्ता दुरदर्शि नेताका रुपमा लिन्छन् । राजनितिमा झण्डै दुई दशक विताईसक्नुभएको केसीले नेपाली कांग्रेस सिन्धुलीको नेतृत्व लिन सक्षम रहेको कांग्रेसका नेता तथा कार्यकर्ताहरु बताउँछन् । केन्द्र देखि स्थानिय तहका नेता तथा कार्यकर्तासँग निकट सम्बन्ध रहेको केसीलाई तीनै नेता तथा कार्यकर्ताले नेतृत्वमा आउन आग्रह गरेको उहाँ बताउनुहुन्छ । जिल्लामा कांग्रेसलाई बलियो बनाउन र जनताको बिच कांग्रेसलाई चिनाउन केसीको प्रयास सराहनिय रहेको कांग्रेसभित्रै चर्चा चल्ने गरेको छ ।

मुकेश घिमिरे

सिन्धुलीमा तीनवटा स्थानिय तहमा मात्रै नेपाली कांग्रेसले नेतृत्व गरिरहेको छ । तीनपाटन गाउँपालिका तीन मध्य एक स्थानिय तह हो जसको नेतृत्व कांग्रेसबाट निर्वाचित प्रतिनिधिले गरिरहेका छन् । राजनितिमा सक्रिय रहेका मुकेश घिमिरे तीनै एक भाग्यशालि युवा नेता हुनुहुन्छ जस्ले गाउँपालिकाको नेतृत्वसँग नजिक रहेर स्थानिय तहको कार्यसंचालन र जिल्लाको राजनिति बुझ्ने अवसर पाउनुभयो । विद्यार्थी जिवनदेखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहनुभएका घिमिरे अध्ययनशिल, नयाँ कुरा सिक्न रुचाउने र संगठनमा युवालाई साथमा लिएर हिँड्न सक्ने क्षमता राख्नुहुन्छ । राजनितिलाई नै अँगालेर अघि बढ्नु भएका घिमिरे संगठन भित्र सबै उमेर समुहका नेता तथा कार्यकर्तासँग निकट हुनुहुन्छ । नेपाली राजनितिलाई नजिकबाट बुझिरहेका घिमिरे जिल्लाका आशालाग्दा युवा नेताको रुपमा उदाइरहेको कांग्रेस भित्रकै नेताहरु बताउने गर्छन् । क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिको उम्मेद्वार रहनुभएको घिमिरेको राजनैतिक सफलताले जिल्लामा राजनितिप्रति युवाहरुलाई आकर्षित गर्ने देखिन्छ । क्षेत्रिय प्रतिनिधि र वडा सभापतिहरुले अध्ययनशिल र राजनैतिक संस्कार बोकेका घिमिरेलाई कतिको सहयोग गर्नेछन् त्यो भने आगामी चुनावि नतिजाले देखाउनेनैछ ।

यो पनि पढौँ: सिन्धुलीका जुझारु, दुरदर्शि एवं राजनैतिक संस्कार भएका युवा नेतासँगको त्यो भेट….

सम्बन्धित विषय:

प्रतिक्रिया