शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

२०७८ साल असार २८ गतेसोमवारको सिन्धुलीका मुख्य समाचार हरु

मंगलवार , आषाढ २९, २०७८

हरिहरपुरगढी गाँउपालिकाद्वारा उत्कृठ बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

सिन्धुली, – सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिकाले विपन्न वर्गका व्यक्तिलाई शिक्षाप्रति प्रोत्साहन गर्न १० जना विद्यार्थीलाई छात्रबृत्ति बितरण गरेको छ ।

गाउँपालिकाले आईतबार एक कार्यक्रम बीच उच्च शिक्षा (एमविविएस) अध्ययन गर्ने दुई जना, माध्यमिक र आधारभुत तहको बार्षिक परिक्षामा तहगत रुपमा उत्कृष्ठ चार÷चार जना समेत १० जना छात्रछात्रालाई छात्रबृत्ति रकम बितरण गरेको जनाएको छ ।

उक्त पालिकामा स्थायी बसोबास भई गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत मंगलराज थिङ र जानकी मेडिकल कलेज जनकपुरमा अध्ययनरत रेशम स्याङतानलाई जनही एक लाख ५० हजार रुपैयाका दरले छात्रबृत्ति प्रदान गरेको गाउँपालिका अध्यक्ष कार्साङ लामाले जानकारी दिनुभयो ।

त्यस्तै माध्यमिक तह र आधारभुत तहको बार्षिक परिक्षामा उत्कृष्ठ अंक ल्याई प्रथम स्थान ल्याउने दुई÷दुई जना छात्रछात्रालाई जनही १७ हजार रुपिया नगद र द्वितिय स्थान ल्याउने दुई÷दुई जना छात्रछात्रालाई जनही १३ हजार रुपियाका दरले छात्रबृत्ति प्रदान गरेको उहाँले बताउनुयो ।

उहाँले भन्नुभयो, “माध्यमिक र आधारभुत तहमा छात्रबृत्ति पाउने आठ जनालाई उक्त नगदसहित एक बर्षका लागि पुग्ने गरी झोला, लत्ता कपडा (एक सेट ड्रेस) र स्टेशनरीका सामान उपलब्ध गराएका छौं ।”

गाउँपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत उक्त छात्रबृत्ति रकम प्रदान गरिएको गाँउपालिका अध्यक्ष लामाले सुनाउनुभयो ।

 

सिन्धुली कोरोना मुक्त हुने बढ्दै

सिन्धुली – सिन्धुली जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या एक हजार ९०५ पुगेको छ ।

सोमबार १३ महिला र १५ पुरुष गरि २८ जना निको भए संगै जिल्लामा कोरोना निको हुनेको संख्या एक हजार ९०५ पुगेको हो ।

स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार जिल्लामा सोमबार ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । २१ जनाको पिसिआर तथा एन्टीजेन्ट मार्फत परिक्षण गरिएकोमा २ महिला र २ पुरुष गरि ४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसंगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या संख्या २ हजार ३ सय ७८ पुगेको स्वास्थ्य कार्यलय सिन्धुलीले जनाएको छ । अहिलेसम्म पिसिआर बिधिमाफत परिक्षण गरिएको मध्ये १ हजार ७५९ र एन्टिजेण्ट मार्फत परिक्षण गरिएको मध्य ६०९ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा अहिले ४ सय ३५ जना संक्रिय संक्रमित रहेका छन । अहिले १५ जना संस्थागत आइसोलेसनमा उपचाररत छन भने ४ सय २० जना होम आइसोलेसनमा रहेका छन ।

चोरीमा संलग्न ३ जना पक्राउ

सिन्धुली – कमलामाई नगरपालिका–४ ढुंग्रेवासमा सोमबार बिहान एक घर सहित ४ पसल चोरी गर्ने तीन जना पक्राउमा परेका छन् ।

ढुंग्रेवासस्थित तीर्थ पोखरेलको कोठाबाट गहना सहित ४ पसल फोरेर चोरी गर्ने ती व्यक्तिलाई गोलन्जोर गाँउपालिकाको खुर्कोट बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पक्राउ पर्नेमा गोलन्जोर गाउ“पालिका ६ का रामशरण रम्तेल, कमलामाई नगरपालिका ५ का सुनिल लामा र सर्लाही लालबन्दीका विनोद परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

पसलका सामान सहित काठमाडौं भाग्दै गरेको अवस्थामा खुर्कोट प्रहरीले पक्राउ गरेको हो । कमलामाई नगरपालिकाले जडान गरेको सीसी क्यामेराको सहायतामा चोर पक्राउ गरिएको उपरिक्षक थपलियाले बताउनुभयो । सदरमुकामको मुटुमा रहेको बजारमा चोरी भएपछि चोरहरु भाग्न नपाउन भनेर बिहानैदेखि ठुलो संख्यामा प्रहरी परिचालन गरेर बीपी, मदन भण्डारी र पुष्पलाल लोकमार्गमा कडाई गरिएको थियो ।

सोमवार बिहान २ बजेको समयमा चोरहरुले कमलामाई नगरपालिका ४ ढुंगेबासका तिर्थ पोखरेलको कोठाबाट सुनको सिक्री, तिलहरी र तिनवटा मोबाइल, विष्णु विकको सिलाइबुनाइ कपडा पसलबाट नगद र कपडा, प्रकाश देवकोटाको फेन्सी पसलबाट जुत्ता, लुगा र नगद, छत्रबहादुर बस्नेतको किराना पसलबाट घ्यू, दुध, दही, नगद र गुणराज श्रेष्ठको फ्रेस हाउसबाट ६ किलो मासु चोरी गरेका थिए ।

पक्राउ परेकाहरुलाइ थप अनुसन्धान गरि आवश्यक कारबाहि गरिने उपरिक्षक थपलियाले बताउनुभयो । दुईसय मीटरको पेरीफेरीमा ढुंग्रेवास प्रहरी चौकी हु“दा समेत यतिधेरै पसल फोरिएकाले सुरक्षा गस्ती बढाउन ढुंग्रेवास बजार टोल विकास संस्थाका अध्यक्ष हरि भेटवालले माग गर्नु भएको छ ।

बिहान १ बजेदेखि झण्डै दुई घण्टा लगाएर पा“च ठाउ“मा चोरी भएकाले चोरहरु निस्फिक्री भएको देखिएकाले सुरक्षा गस्तीको कमी भएको व्यापारीहरुले महसुस गरेको उहाँको भनाइ छ ।

 

सिन्धुलीमा सर्वोच्चको फैसलाको पक्ष र बिपक्षमा प्रदर्शन

 

सिन्धुली – सर्वोच्चको प्रतिनिधिसभा पुःनस्थापना फैसलालाइ स्वागत गर्दै सोमबार सिन्धुलीमाढीमा बिपक्षी गठबन्धनले दीप प्रज्वलन र मोटरसाइकल ¥याली गरेर स्वागत गरेका छन् ।

कमलामाई नगरपालिका कार्यालय अगाडिको लोकतान्त्रिक चोकमा बिपक्षी गठबन्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधब नेपाल समूहले मैनवत्ती बालेर दीप प्रज्वलन गर्दै खुसीयाली मनाएर स्वागत गरेका हुन् ।

यसअघि बिपक्षी गठबन्धनका नेता कार्याकर्ताको मोटर साईकल  र्‍यालीले सदरमुकाम सिन्धुलीमाढीको बजार परिक्रमा गरी लोकतान्त्रीक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त सभामा सर्वोच्चले परमादेसबाट बिपक्षी गठबन्धन एवं काँग्रेस सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन गरेको फैसलाले लोकतन्त्र सुदृढ हुने अवसर पाएको भन्दै स्थानीय नेताले स्वागत गरेको जनाएका थिए ।

उक्त सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस पार्टी जिल्ला सचिब दिपक घिमिरेले सर्बोच्चको फैसलाको स्वागत गर्दै नेपाली जनताको जीत भएको बताउनुभयो । उहाँले सर्बोच्चको फैसलासँगै देश अब समृद्धिमा अघि बढ्ने बताउनुभयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा बागमती प्रदेश सांसद बुद्धिमान माझीले सर्बोच्चको फैसला नेपाली जनताको पक्षमा भएको बताउनुभयो । उहाँले तानाशाही सरकार अपदस्थ भएको भन्दै लोकतन्त्रको जग मजबुत भएकाले हल्लाउन नसकेको बताउनुभयो ।

बिपक्षी गठबन्धनका विद्यार्थीहरुको आयोजनामा फैसलाको स्वागत गर्दै निकालिएको मोटरसाइकल र्‍यालीले धुराबजार,एक नं बजार, २ नं बजार, स्टल बजार, ढुंग्रेवास, रातमाटा, शान्तिनगर, लक्ष्मणचोक, माझीटार परिक्रमा गरेको थियो ।

यसैबीच सर्बोच्चको फैसलाको बिरोध गर्दै प्रधानमन्त्री केपी ओलीको पक्षमा एमाले यूवा संघले पनि सोमबार नै सिन्धुलीमाढीमा मोटरसाइकल र्‍याली गरेको छ । प्रधानमन्त्री ओली पक्ष नेकपा एमालेका नेता तथा कार्यकर्ताले केपी ओली जिन्दावाद, फैसला मानिदैन, खबरदार भन्दै नाराबाजी गरेका थिए ।

लोकतान्त्रिक चौकमा एमालेको उक्त ¥यालीमा आएका व्यक्तिले विपक्षी गठबन्धनले बालेको दिप प्रज्वलन निभाएपछि दुबै पक्ष बीच झडपको स्थिती सिर्जना भई तनाबको सिर्जना भएको थियो । सो क्रममा दुवै पक्ष बीच चर्का नाराबाजी भएको थियो । पछि एमालेका कार्यकर्ताले निभाएको मैन बत्ति नेपाली काँग्रेसका नेता उपेन्द्र पोख्रेल, नेकपा माओवादी केन्द्रकी नेतृ तथा सुनकोशीी गाँउपालिका अध्यक्ष दिपा बोहोरा लगायतले पुन बाल्नु भएको थियो ।

उक्त स्थितीलाई साम्य पार्न र भिड नियन्त्रण गर्न सुरक्षामा खटिएको प्रहरीलाई समेत हम्मे हम्मे भएको स्थानीयले बताएका छन् । दुबै पक्षका नेता बीच समझ्दारी भई पछि र्‍यालीमा आएका एमालेका कायकर्ता उक्त चोक छाडेर हिडेपछि स्थिती सामान्य बनेको जनाईएको छ ।

 

सुनकोशी गाउँपालिकाद्धारा अवकास प्राप्त शिक्षकहरुलाई

सम्मान

 

 

 

सिन्धुली – सुनकोशी गाउँपालिकाले सोमवार शिक्षकहरुलाई सम्मान कार्यक्रम गरेको छ । गाउँपालिकाका विभिन्न विद्यालयमा अध्यापन पेसामा कार्यरत रहनुभई अवकास प्राप्त गरेका ६ जना शिक्षकहरुलाई सोमवारर सम्मान गरेको हो ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अबकास प्राप्त गरेको शिक्षकहरुलाई दोसल्ला आढाएर प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको गाउँपालिकाले बताएको छ ।

सम्मानित हुनुभएका शिक्षकहरुमा एकराज कोइराला, विक्रम क्षेत्री, मीन कुमार कार्की, रेशम बहादुर दर्लामी, कमलराज गिरी र सुशील प्रसाद दाहाल रहनुभएको थियो । कार्यक्रममा सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, सामाजिक विकास समिति संयोजक रामचन्द्र आचार्य, शिक्षा शाखा प्रमुख ओम प्रसाद गौतम लगायतको सहभागिता रहेको थियो ।

सिंचाईको लागि पानी तान्ने मोटर

 

सिन्धुली –सुनकोशी गाउँपालिकाले वडा नम्बर ५ लाई सिंचाईको लागि पानी तान्ने मोटर प्रदान गरिएको छ । सोमबार सुनकोशी गाउँपालिकाको वडा नम्बर ५ लाई एक थान पानी तान्ने मोटर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको करिब १ लाख ५० हजार लागतमा ७ दशमलब ५ एच.पी. को मोटर प्रदान गरिएको हो । सुनकोशी गाउँपालिका वडा नम्बर ५ कटहरे फाँटका अध्यक्ष पवन कुमार श्रेष्ठलाई उक्त पानी तान्ने मोटर हस्तान्तरण गरिएको हो ।

उक्त मोटरबाट कटहरे फाँटका करिब ८ बिगाह जग्गा सिंचित हुने बताईएको छ । साथै मोटरबाट सिंचाई गर्न पाउँदा ८२ घरधुरी लाभान्वित हुने अध्यक्ष दाहालले बताउनुभयो ।

प्रतिक्रिया