शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मेस्सी–नेइमार मित्रताका प्रमाण बोल्ने यी तस्बिरहरु

आइतवार , आषाढ २७, २०७८

काठमाडौँ,२७ असार– नेइमारका लागि घरेलु मैदानमा भएको कोपा अमेरिका चाहे अनुरुपको रहेन। आफूसहितको खेलमा उनी राष्ट्रिय टिमलाई उपाधि दिलाउन चाहन्थे।

सन् २०१९ मा ब्राजिल विजेता बन्दा चोटका कारण मैदान बाहिर रहेका नेइमार खुशी थिए, तर त्यसमा आफू सामेल हुन पाएनन्।

योपटक फाइनलसम्म पुग्दा नेइमारको भूमिका महत्वपूर्ण रह्यो र आइतबार बिहान भएको फाइनलमा पनि राम्रो प्रदर्शन गरे। तर उपाधि १–० ले लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाको पक्षमा गयो।देश सञ्चारमा खवर छ ।

बार्सिलोनाबाट सँगै खेल्दा विकास भएको मेस्सीसँगको मित्रता यो खेलले तोड्ने कुरा थिएन। मैदानबाट बाहिरिने क्रममा नेइमार र मेस्सीले अंकमाल गरे।

आफू दुःखमा रहे पनि १० औँ प्रयासमा राष्ट्रिय टिमबाट उपाधि जितेर लामो सपना पूरा गरेका मेस्सीको खुशीमा उनी सामेल भए। खेलपछि मेस्सीसँग खुशी साट्दै गरेका तस्बिरहरु सार्वजनिक भएका छन्। नेइमार र मेस्सी हाँस्दै गरेको तस्बिरमा देखिन्छ।

उनीहरुले एकअर्काको जर्सी साटेका पनि छन्। नेइमार र मेस्सी यो प्रतियोगिताका संयुक्त प्लेअर अफ दि म्याच हुन् र त्यो खुशी उनीहरुले सँगै साटेका छन्।

साथीको खुशीमा सामेल हुने नेइमारको सौहार्दताको सामाजिक सञ्जालमा विभिन्न क्षेत्रबाट प्रशंसा भइरहेको छ।

प्रतिक्रिया