बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बिपक्षी गठबन्धनका बिद्यार्थीहरुको सिन्धुलीमा सिट्ठि जुलुस प्रदर्शन,(हेर्नुस भिडियो)

बिहिवार , आषाढ २४, २०७८

सिन्धुली– सिन्धुलीमा विपक्षीय गठबन्धन विद्यार्थीले सरकार विरुद्ध सिट्ठि जुलुस प्रदर्शन गरेका छन् । सरकार विरुद्ध नेपाल बिद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियन, अखिल छैठौंले सयुक्त रुपमा सिन्धुलीमाढीमा सिट्ठि जुलुस प्रदर्शन गरेका हुन ।

प्रधानमन्त्री के.पी.शर्मा ओलीद्वारा असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी तवरले प्रतिनिधिसभा विघटन गरिएको, सर्वसाधारण जनताको ढाड सेक्ने गरि मूल्यवृद्धि गरिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थीले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा प्रदर्शन गरेका थिए ।

युवा विद्यार्थीहरु सिन्धुली सदरमुकामको लोकतान्त्रिक चौकबाट सिट्ठि र संख बोकेर के.पी.ओली मूर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, प्रतिनिधिसभा विघटन खारेज गर, मूल्यवृद्धि नियन्त्रण गर जस्ता नारा लगाउँदै दुई नम्बर बजार पुगेर पुनः लोकतान्त्रिक चोकमा आइ कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई समापन गर्दै नेपाल बिद्यार्थी संघका सभापती उत्पल खड्काले सरकारको विरोधमा सबै बिद्यार्थी संगठन एकठाउमा उभिएको बताउनुभयो । उहाँले सरकारले अधिनायकवादी र स्वेच्छाचारी ढंगले शासन चलाएको भन्दै संसद् पुनस्थापनाको माग समेत गर्नु भयो ।

 

प्रतिक्रिया